• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

बिरामीका आफन्तद्वारा अस्पतालमा तोडफोड

राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आज बिरामीका आफन्तले तोडफोड गरेका छन् । समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरुले अस्पतालमा तोडफोड गरेका हुन् । 

अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा ज्ञानेन्द्र झा र डा प्रनेश यादव अस्पताल नआएपछि आक्रोसित बिरामीका आफन्तले तोडफोड गरेको अस्पताल स्रोतले जनाएको छ । बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनले जनाएको छ । 

तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । यसैबिच अस्पताल प्रशासनले डा झा बिदामा रहेको र अर्का डा यादव आपत्कालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ ।   

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर