• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

मर्निङ वाकमा जाँदा यी कुरामा ध्यान दिनुहोस्

काठमाडाैँ । तपाइ कतै मर्निङ वाकमा जादै हुनुहुन्छ भने तलका यि कुरा अपनाउँदा राम्राे हुनेछ ।

१) बिहान उठेपछि पहिला एक वा दुई गिलास मनतातो पानी पिउने गर्नुस् । त्यसपश्चात शौच गर्नुस् अनि मात्र दौडनुस् । 

२) दौडँदा प्रयोग गर्ने जुत्ता निकै कम्फरटेवल हुन जरुरी छ । यसरी दौडिनका लागि हल्का जुत्ता प्रयोग गर्दा राम्रो हुन्छ । 

३) दौडिनुअघि शरीरलाई दायाँ–बायाँ चलाउने, वार्मअप गर्नेजस्ता गतिविधि गर्न पनि बिर्सिनुहुँदैन । दौडिन शुरू गर्नेबित्तिकै स्पिड बढाउनु हुँदैन । दौडिन शुरू गरेको ५–७ मिनेटपछि मात्र गति बढाउनुपर्छ । 

४) दौडिने क्रममा लामो सास लिने, केही समय रोक्ने र छाड्ने प्रक्रिया गरिरहनुपर्छ । दौडिने बेला श्वासप्रश्वासलाई पनि नियन्त्रणमा राख्ने अध्यास गर्दा राम्रो हुन्छ । 

५) दौडिन शुरू गरेको रेक १०–१५ मिनेटमा पानी पिउनु राम्रो हुन्छ । दौडेर फर्केपछि नियमित नुहाउनुपर्छ । त्यसपछि प्रोटिनयुक्त खानेकुरा सेवन गर्नुपर्छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर