गंगामाला पाउरोटी उद्योगको भान्सामा सिलबन्दी

सुर्खेत । जिल्ला प्रशासन सुर्खेतले बजार अनुगमन गर्दै वीरेन्द्रनगर नगरपालिका ६ गोदामलाईनमा रहेको गंगामाला पाउरोटी उद्योगको भान्सामा सिलबन्दी गरेको छ ।  गंगामाला पाउरोटी उद्योग मापदयड विपरीत संचालन भएको भन्ने सर्वसाधरणबाट आएको उजुरीका आधारमा सोमबार सुर्खेत जिल्ला प्रशासन कार्यालय सुर्खेतले अनुगमन गरेको हो । 

पाउरोटी बनाउने किचनमा खानेपानीका भाँडा फोहर भएको, किचेन सफा नभएको, कामदारले सरसफाई नगरेको, ग्लोब्स, पन्जा, किचेन बुट तथा कपाल पनि नछोप्ने गरिएको अनुगमनका क्रममा भेटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उत्तम शर्माले समाचार दैनिकलाई जानकारी दिए । 

साथै तयार पारीएको खाद्य सामाग्री नढाकेर राखिएको, भेटीएको खुल्ला सडकको झ्यालमा सुकाएको अधिकृत शर्माले बताए । साथै, खाद्य सामाग्रीमा लेबलिङ नगरेको भेटीएको छ ।  पटक पटक जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेर चेतावनी दिदा पनि व्यवसायीले वेवास्ता गर्दै आएको छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर