• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चिहानबाट निस्कियो मुर्दाको आवाज– ‘मलाई बाहिर निकाल, यहाँ धेरै अँध्यारो छ’

डब्लिन । अस्ट्रेलियाको डब्लिनस्थित किलमनघमा ६२ वर्षीय शय ब्रेडलीको ८ अक्टोबरको दिन निधन भएपछि अन्तिम संस्कार गर्ने क्रममा चिहानबाट केही आवाज आएको सुनियो । ‘यहाँ धेरै अँध्यारो छ, मलाई बाहिर निकाल’ चिहानबाट आएको यस्तो आवाजले अन्तिम संस्कारमा सहभागी भएका मान्छेहरु आश्चर्यचकित भए । त्यहाँ अर्को आवाज पनि सुनियो– ‘यहाँ कोही पादरी छ ? म सुन्न सक्छु । म शय हुँ । म बाकसमा छु ।’ सो आवाजमा मृत व्यक्तिले गायनको शैलीमा भनेका छन्, ‘हेलो, म केवल गुडबाय मात्र भन्न चाहन्छु ।’

खासमा किलमनघ किलकेनीका शय ब्रेडलीले आफ्नो निधनभन्दा अघि यो रेकर्ड गरेका थिए । उनकी छोरी एन्ड्रिया ब्रेडलीले भनिन्, ‘मेरा बुबा (शय) एक रमाइला मान्छे थिए । मान्छेहरुलाई हँसाउन र आश्चर्यमा पार्न उनी निकै रुचाउँथे । त्यसैले उनले प्रेन्क गर्ने योजना बनाएका थिए । यसका लागि उनले यो रेकर्ड गरेका थिए ।’
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर