• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

सताक्षीधाममा आयोजना हुने १०८ कुण्डको कोटिहोम सरकारी स्तरबाटै हुने

झापा । झापाको सताक्षीधाममा आयोजना हुन लागेको १०८ कुण्डको कोटिहोम सरकारी स्तरबाटै हुने भएको छ । माहाभारतकालीन इतिहाससँग जोडिएको सताक्षीधाममा आयोजना हुन लागेको कोटिहोम सञ्चालनका लागि झापाका १५ वटै स्थानीय तह राजी भएपछि सरकारी स्तरबाटै आयोजना हुन लागेको बताइएको छ । 

यसअघि गोलोक गोवद्र्धन गौशालाले कोटिहोमको आयोजनाको भव्य तयारी गरेको थियो । साविकको आयोजक गोलोक गोवद्र्धन गौशालाले जिल्लाका सबै स्थानीय सरकारसँग यसअघि गरेको छलफलले उक्त कार्यक्रम जिल्लाका १५ वटै स्थानीय तहको संयुक्त आयोजनामा हुन लागेको आचार्य नन्दकिशोर भारद्वाजले जानकारी दिएका छन् । 

शिवसताक्षी नगरपालिकामा जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रसासकीय अधिकृतको बैठकले सताक्षीधाम धार्मिक महोत्सव एवं १०८ कुण्डको कोटिहोम मूल आयोजक समारोह समिति गठन गरेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा आयोजक समिति गठन भएको छ 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर