‘छ माया छपक्कै’: २५ फिल्म फ्लपपछि हिट हिरोइन केकी 

काठमाडौं । नेपाली फिल्मी क्षेत्रमा रुचाइएकी अभिनेत्रीको सूचीमा अटाएकी अभिनेत्री हुन् केकी अधिकारी । राम्रो अभिनय गर्ने तथा बौद्धिक रूपमा चिनिँदै आएकी केकीको नेपाली फिल्म क्षेत्रमा ठूलो योगदान छ । 

केकी अभिनेत्री मात्र होइन, मोडलको रूपमा पनि उतिकै रुचाइएकी पात्र हुन् । फिल्म ‘स्वर’बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी उनले अभिनय गरेका फिल्महरूले खासै सफलता पाउन भने सकेन । तर, उनका फिल्महरू नचले पनि उनलाई कामको कहिल्यै अभाव भएन । फिल्म फ्लप तर हिरोइन हिटको सूचीमा उनको नाम अग्रस्थानमा आइरह्यो । 

केकीले अभियन गरेका चलचित्र–

२०१०    स्वोर        
२०११    मसान    
२०१२    आइएम सरी    
२०१३    महसुस        
२०१३    बितेका पल    
२०१४   मेरो बेस्ट फ्रेन्ड        
२०१४   श्रीपाँच अम्बरे    
२०१४   मिउट–द हार्ट बिलोङ टु यु        
२०१५    फन्को        
२०१५    बाग्मती        
२०१५    पुनर्जन्म        
२०१६    भाग सानी भाग सानी    
२०१६    हाउ फन्नी        
२०१६    सावित्री
२०१८   लभ साशा
२०१८   राजा रानी
२०१८   घाम पानी

ऐश्वर्यालगायतका धेरै फिल्ममा मुख्य भूमिकासहित निकै फिल्ममा लिड रोलमा पनि काम गरेकी छन् । तर, उनको यी फिल्महरूले बक्स अफिसमा कतै पनि सफलता पाउन सकेनन् । 

केकीका लागि २०७६ साल निकै फलदायी बन्यो । दसैंको माहोलमा गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ बाट केकी अब फ्लप हिरोइनबाट हिट हिरोइनको सूचीमा परेकी छन् । फिल्म ‘छ माया छपक्कै’ लाई दर्शकले धेरै रुचाएका छन् । यो केकीले अभिनय गरेकोे २५औँ फिल्मको सूचीमा पर्छ । 

बक्स अफिसमा धमाका मच्चाइरहेको यो फिल्म हेर्न देशका विशिष्ट व्यक्तिहरूदेखि राजनीतिक पार्टीका नेताहरूले समेत हेरेका छन् । फिल्मबाट केकीको नाम चर्चामा आउनुमा केकीको भूमिका मात्र पदैन, उनको फिल्म प्रोडक्सन पनि जिम्बेवार छ । फिल्म हिट भएसँगै उनी अन्तर्वार्तालगायत सामाजिक सञ्जालमा निकै व्यस्त रहन थालेकी छन् । सायद, यो पहिलो हिट फिल्म भएर पनि होला, फिल्मको सफलतामा उनी निकै उत्साहित देखिएकी छन् । 

यतिबेला सिनेमा घरहरूमा फिल्म ‘छ माया छपक्कै’ ले बम्पर व्यापार गरेको छ । सिने क्षेत्रको सुस्त अवस्थालाई यो फिल्मले राहत दिन निकै ठूलो भूमिका खेलेको छ । दसैंको अवसरमा रिलिज भएको फिल्म ‘रातो टीका निधारमा’ले दर्शक तान्न नसक्दा निराश बनेका हल व्यवसायी ‘छ माया छपक्कै’ प्रदर्शनमा आएसँगै निकै खुसी देखिएका छन् । 

दिपेन्द्र लामा निर्देशित यस फिल्ममा दीपकराज गिरी विद्यार्थी नेताका रूपमा देखिएका छन् भने केकी अधिकारी नर्सको भूमिकामा छिन् । व्यंग्यात्मक, समाजिक परिवेशमा बनेको यो फिल्मलाई दर्शकले धेरै रुचाएका छन् । 

फिल्मको समीक्षमा विभिन्न व्यक्तिहरूले फिल्म राजनीतिक पाटोबाट फरक बन्न नसकेको र दलगत तथा पक्षगत रूपमा फिल्म बनेको भन्ने तर्कमा दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्दै फिल्मलाई राजनीतिक पाटोबाट नहेर्न आग्रह गरेका थिए । तर पनि फिल्मको कमाइ र चर्चामा भने अलिकति पनि कमी आएको छैन । छ माया छपक्कै टिम यतिबेला अन्तर्वार्तामै व्यस्त छ ।

फिल्ममा केदार घिमिरे, जितु नेपाल, सुपुष्पमा भट्ट, शिशिर बाङ्देल, प्रकाश घिमिरेलगायतका कलाकारको मुख्य भूमिका छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर