• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

अन्तत : बार्सिलोना र रियल मड्रिडबीचको खेल स्थगित

स्पेनिस फुटबल महासंघले बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको खेल स्थगित गरेको छ । क्याटलोनियामा राजनीतिक अस्थिरताको कारण देखाउँदै एल क्लासिको खेल स्थगित गरिएको हो । बिहीबार समेत आन्दोलनकारी र सुरक्षा निकायबीच झडपका घटना भएका थिए ।

सोही कारण बार्सिलोनाको घरेलु मैदान नाउ क्यापमा अक्टोबर २६ हुने तय भएको प्रतियोगिता स्थगित गरिएको हो । स्पेनिस फुटबल महासंघले एल क्लासिको रियल मड्रिडको मैदान सार्न प्रस्ताव गरेको थियो । तर दुवै क्लबले सो प्रस्तावलाई अस्विकार गरेको थिए ।

ला लिगाका अनुसार आगामी सोमबार नयाँ मितिका बिषयमा निर्णय हुन सक्नेछ । तर डिसेम्बर १८ को नयाँ मिति प्रस्ताव गरिएको छ । स्पेनिस लिगमा रियल मड्रिड १८ अंक सहित शीर्ष स्थानमा  बार्सिलोना १६ अंक सहित दोश्रो स्थानमा छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर