• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

‘विमानस्थलमा तोडफोड’ काण्डको अर्को पाटो, कारबाही कसलाई ?

काठमाडौं । ह्वीलचेयरमा बसेका एक किडनी रोगको बिरामी काठमाडौंमा उपचारका लागि जान प्रतिक्षारत छन् । उनी भनिरहेका छन्,–‘मलाई पहिला काठमाडौं जान दिनुहोस्, आजै काठमाडौमा उपचार गर्नुछ ।’ धनुषाको जनकपुर बिमानस्थलमा सुनिएको यो सवांदले जो कोहीको मन छुनु स्वभाविक हो । 

घटना असोज २७ गते दिँउसाको थियोे । जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोडको घटना बाहिर आयो । साधारण घटना थिएन, राजपा नेपालका सांसद प्रमोदकुमार साह नै तोडफोडमा संलग्न थिए । 

तोडफोडको आरोपमा उनी काठमाडौंबाट प्रक्राउ परेका सांसद साहलाई अनुसन्धानका लागि जिल्ला अदालत धनुषाले साधारण तारेखमा छाडेको छ । 
घटनाको अनुुसन्धान पनि भइरहेको छ । तर,सांसद साहले उनै विरामीको समस्या देखेर आफू आवेगमा आएको बताउँदै आएका छन् । घटना पछि ती बिरामी भनिरहेका थिए, ‘कतिवटा प्लेन आयो, त्यसमा एडजस्ट गर्न सक्नुहुन्थ्यो, तर गर्नुभएन माननियज्यूले मेरो पिडा देखेर आवेशमा आउनुभयो ।’

गैरसैनिक हवाई उडान ऐनमा विमानस्थल क्षेत्रभित्र कुनै पनि अराजक गतिविधि गर्न नपाइने व्यवस्था गरिएको छ । यस्तो कार्य गर्नेलाई नोक्सानी बिगो भराई निजलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद हुने ऐनमा व्यवस्था छ । तर, सांसद पक्राउपछि भने उक्त घटनाका बारेमा तर्क वितर्क भइरहेका छन् । 

उक्त विमानस्थलमा बुद्ध एयरको उडानमा चरम लापरवाही रहेको देखिएको छ । जनकपुर विमानस्थलले समाचारदैनिकलाई उपलव्ध गराएका पछिल्लो एक महिनाको उडान तालिका हेर्ने हो भने दैनिक दुई उठान भरिरहेको उक्त एयरको फ्लाईट सेइडुल नियमित देखिंदैन । प्रायः जनकपुरबाट काठमाडौंका लागी उड्ने बुद्ध एयरको उडान एक देखि तीन घण्टासम्म ढिलो भएको पाइएको छ ।

जसका कारण बिरामी असक्त लगाएत सर्वसाधारणले समेत दुःख पाइरहेका छन् । तर, विमान कम्पनीको लापरवाहीकै कारण विमानस्थलमा तोडफोड गर्न पाइन्छ त ?

उडान बिज्ञहरुका अनुसार नेपालको कानुनले मात्र नभई नेपाल पक्ष भएका नागरिक उड्डयनसम्बन्धी सन्धि, महासन्धि र सम्मेलनबाट पारित घोषणापत्रहरूले पनि यस्ता गतिविधिलाई बन्देज लगाएका छन् । त्यसैले ती गतिविधिमा संलग्न व्यक्ति जोसुकै भए पनि तत्कालै कानुनले तोकेको कारबाही गर्नुपर्ने उनीहरू बताउँछन् ।

‘जनताको प्रतिनिधि भएपछि जनताको समस्या बुझ्नुपर्छ, त्यसमाथि बिमानस्थलमा एउटा बिरामी छटपटाइरहेको छ, उसलाई जहाज चढाउने प्रयत्न गर्दा भएको घटनालाई असामान्य रुपमा हेरिनु त्रुटि हो’, ‘राजपा नेपालका महासचिव केशव झाले भने, उक्त घटनामा बिमान कम्पनीलाई कारवाही गर्नुपर्छ भन्ने आफ्नो माग हो ।’

यता नेपाली काग्रेसका नेता एवं धनुषाका पूर्व सभासद महेन्द्र यादव भने सांसदले आफ्नो मर्यादालाई कायम राख्नुपर्ने बताउँछन् । समाचारदैनिक संग कुरा गर्दै उनले भने, ‘कुनै पनि कुरालाई सम्यम भएर समाधान गर्न सकिन्छ, तर सांसद जस्तो गरिमामय पदमा बसेर अराजक गतिविधि गर्दा यसले स्वयं व्यक्ति नभएर समग्र संस्थाकै बदनाम हुन्छ ।’

सांसद साह रिहा भइसकेका छन् । उनलाई साधारण तारिकमा रिहा गर्न धनुषा अदालतले आदेश दिइसकेको छ । म्याद थप गर्ने क्रममा उनले भनेका छन, ‘न्यायपालिकाले जे निर्णय गर्छ, मलाई सर्वमान्य छ, जनतामाथि यो छाडिदिएको छु, सही वा गलतको मूल्यांकन जनताले गर्नेछन् ।’

गैरसैनिक हवाई उडान ऐन अनुसार सांसद साहलाई कारवाही नै भइहाले पनि समयमा नै विमान नउडाउने बुद्ध एयरको लापरावाहीलाई कारवाही हुन्छ वा हुदैन भन्न प्रश्न खडा भएको छ । विमानस्थलभित्र सुशासनको कुरा गर्ने नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले यो बिषयलाई कसरी हेरेका छन, आमसरोकारको विषय बन्न पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर