• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

ट्रम्पले उर्जा सचिवलाई पदबाट गरे बर्खास्त

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उर्जा सचिव रिक पेरीलाई पदबाट हटाउने भएका छन् । युक्रेनका राष्ट्रपतिसँग आफूले गरेका विभिन्न संवाद सार्वजनिक भएपछि ट्रम्पले यस्तो निर्णय लिएका छन् । 

सचिव पेरीले आगामी डिसेम्बरबाट पद छोड्ने बताइएको छ । राष्ट्रपति ट्रम्पले युक्रेनसँग गरेको व्यवहारमा सचिव पेरीले खेलेको भूमिकाको आधारमा लगाइएको महाअभियोगको छानविन भइरहेका बेला ट्रम्पको यस्तो निर्णय गरेका हुन् ।

छानविन समितिले पेरीलाई युक्रेनको स्वामित्वमा रहेको उर्जा कम्पनीसँग सम्बन्धित कागजपत्र तथा ट्रम्प र युक्रेनका राष्ट्रपति बोल्डोमाइर जेलेन्स्कीबीच भएको वार्ताको प्रमाण पेश गर्न आग्रह गरेको थियो ।

तर समितिमा दुवै राष्ट्रपति बीचको संवादमा सचिव पेरीले आफ्नो संलग्नता रहेको बताएपछि उक्त घटना सार्वजनिक भएको हो ।

राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई जुलाई २५ मा गरेको टेलिफोन संवादमा आफ्ना प्रतिद्वन्द्वी जो विडेन र उनका छोरामाथि छानविन गर्न दवाव दिएको बताइएको छ । जो विडेनका छोरा युक्रेनी ग्यास कम्पनीमा कार्यरत रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर