दुई कम्पनीको हकप्रद निष्काशन भइरहेको छ, भर्न छुट्नु होला है !

काठमाडौं । सेयर बजारमा दुई कम्पनीको हकप्रद सेयर निष्काशन भइरहेको छ । अहिले एक लघुवित्त कम्पनी र एक फाइनान्स कम्पनीको सेयर बिक्री खुल्ला भएको हो ।

हकप्रद बिक्री खुल्ला हुनेमा समता लघुवित्त वित्तीय संस्था र सिर्जना फाइनान्स रहेका छन् । समता लघुवित्त वित्तीय संस्थाले असोज २७ गतेदेखि चुक्ता पूँजीको २०० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गरेको छ । 

कम्पनीले यसअघि असोज २६ गते आइतबारदेखि हकप्रद सेयर निष्काशन गर्ने मिति तय गरेको थियो । उक्त दिन चिनीयाँ राष्ट्रपतिको भ्रमणका कारण सार्वजनिक विदाका भएकोले आजदेखि हकप्रद सेयर निष्काशन भएको हो ।  लघुवित्तले १०० रुपैयाँ अंकित मुल्यमा १२ करोड १३ लाख ४४ हजार रुपैयाँ बराबरको १२ लाख १३ हजार ४४० कित्ता हकप्रद बिक्री गर्ने भएको हो ।  

हकप्रदमा असोज २७ गते देखि मंसिर १ गतेसम्म आवेदन गर्न सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट सिआस्बा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । 

त्यस्तै, सिर्जना फाइनान्सको असोज १७ गतेदेखि ६० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदमा असोज ५ गतेसम्म कायम सेयरधनीले कात्तिक २१ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ ।  

हकप्रदमा सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंबाट यआवेदन दिन सकिनेछ । त्यस्तै, सिर्जना फाइनान्सका सम्पूर्ण कार्यालयहरु र सनराइज बैंकका शाखा कार्यालयहरु विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल र नारायणगढ शाखाबाट पनि आवेदन दिन सकिनेछ । धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रद भर्न पाइने छ । 

लुम्बिनी जनरलको हकप्रद आउँदै

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोडबाट अनुमति प्राप्त गरिसकेको छ । फाइनान्सले १०० रुपैयाँ अंकित मुल्यमा १७ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति प्राप्त गरेको हो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सीबीआइएल क्यापिटल रहेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर