• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

विश्वप्रकाश शर्माको माग : माग सम्बोधन हुनेगरी तत्काल संविधान संसोधन होस्

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आदिवासी, जनजाति, मधेशी समूदायको माग सम्बोधन हुनेगरी तत्काल संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन् । 

प्रवक्ता शर्माले सबै समूदायको समान अधिकार स्थापित हुने गरी संविधान संशोधन गर्न आफ्नो पार्टीले सरकारलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले संविधान प्रतिकूल हुने खालका कुनै पनि गतिविधि नगर्न पनि सरकारलाई सचेत गराए । शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल आदिवासी जनजातिहरुको प्रथम अन्तराष्ट्रिय सम्मेलन’को उद्घाटन सत्रमा बोल्दै उहाँले नेपालको समृद्धिमा योगदान गर्न पनि बाह्य मुलुकमा रहेका सबै समूदायलाई आग्रह गरे । उनले नयाँ पुस्तामा नेपालको भाषा र संस्कृतिका बारेमा जानकारी गराउन पनि जनजाति समूदायको ध्यानाकर्षण गराए । सबै समूदायले आफ्ना भेषभुषाको संरक्षण गर्ने काममा लाग्न सकेमात्रै नेपाली पहिचानलाई विश्वमा कायम गराउन सकिने पनि प्रवक्ता शर्माको भनाई छ ।

प्रवक्ता शर्माले सबै समूदायले आफ्नो पहिचानलाई स्थापित गराउन लागि पर्नुपर्ने पनि बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर