• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

पाल्पामा  छुट्टा छुट्टै दुर्घटनामा दुईको मृत्यु 

पाल्पा । पाल्पामा छुट्टा छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पाल्पामा माटोको ढिस्कोले पुरिएर एकजना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बगनाशकाली गाउँपालिका १ घोरबन्दाका ४४ वर्षीय हर्कबहादुर कुमाल रहेको प्रहरीले जनाएको हो ।

जिल्लाको तानसेन नगरपालिका ४ बिशाल बजारस्थित रोहित कुमार रामदामको नयाँ घर निर्माणका क्रममा माटोको ढिस्कोले पुरेपछि उपचारका क्रममा उनको मृतयु भएकोे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरिक्षक उपेन्द्र जिसीले बताए । 

कुमाललाई उपचारको लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको थियो । उनिसंगै काम गर्ने अर्का एकजना कामदार भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । यस्तै घासँ काट्ने क्रममा रुखबाट लडैर एकजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका १ ख्याहाकी ३५ वर्षिय कमल पहराइ रहेको प्रहरीले जनाएको छ । रुखबाट लडेर घाईते भएकी पहराईलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज लैजाने क्रममा बाटो मै मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर