• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

पाल्पामा दुईवटा ट्रक ठोक्किँदा एकको मृत्यु

पाल्पा । पाल्पामा दुई ट्रक एक आपसमा ठोकिदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । मृत्यु हुनेमा गुल्मी ठूलोलुम्पेकका हेम कुवंर रहेको प्रहरीले जनाएको छ । घाईतेमध्ये १ जनाको  अबस्था गम्भिर स्थानीय स्रंजय भट्टराईले जानकारी दिए ।

तानसेन रिडी सडकखण्डको जोर्तेको उकालोमा लु १ ख ९२०२ नम्बरको ट्रक र ना ४ ख १७०० नम्बरको ट्रक एक आपसमा ठोकिएपछि द्र्घटना भएको हो । ब्रेक फेल भएको ट्रकले विपरित दिशाबाट आउदै गरेका ट्रकलाई ठक्कर दिएपछि ट्रक सडकदेखि झन्डै तिनसय पचास मिटर तल खसेको छ ।

दुर्घटना ग्रस्त ट्रकमा सवार तिनजना यात्रु भने सकुशल रहेका स्थानीयले बताएका छन । घाईतेहरुका तानसेनस्थित अस्पताहरुमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी सहितको उद्दार टोलि पुगिसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख दिपेन्द्र जिसीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर