• मंगलबार २-१३-२०७७/Tuesday 05-26-2020/ 02:33 am

राष्ट्रपति भण्डारीबाट भ्रमण वर्ष सफल पार्न  म्यान्माका नेपालीलाई आग्रह

म्यान्मा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण  वर्ष २०२० मा नेपाल भ्रमण  गर्न  र भ्रमण वर्षबारे म्यान्मामा व्यापक प्रचारप्रसार गर्न म्यान्मामा रहेका नेपाली मूलका मानिसहरुलाई आग्रह गरेकी छिन् । अखिल म्यान्मादेशीय गोर्खा  हिन्दू धार्मिक सङ्घद्वारा आज पिन ऊ लिन शहरमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धको जन्मस्थल लुम्बिनी र सर्वोच्च शिखर सगरमाथाको प्रचारप्रसार गर्न पनि उनीहरुलाई आह्वान गरिन् ।

म्यान्मामा रहेका प्रवासी नेपालीले नेपाली भाषा, संस्कृति र वेशभूषाको संरक्षण गरेकामा र म्यान्मासँगको नेपालको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकामा प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले म्यान्मासँग नेपालको व्यापार, लगानी, पर्यटन र संस्कृति विषयको प्रवद्र्धन गर्न म्यान्माली नेपालीभाषीलाई आग्रह गरिन् । उनले आफ्ना पूर्वज जस्तै उद्यमी र परिश्रमी बन्न उनीहरुलाई आग्रह गर्दै भनिन, “दुई देशबीच सम्बन्ध प्रगाढ बनाउनका लागि भूमिका खेल्नुहोस् , नेपाललाई मनमा राखी नेपाली भाषा  र संस्कृतिको संरक्षण गर्नुहोेस् । ”

सो अवसरमा म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले भारतीय नेपालीपछि म्यान्माली नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिको बढी संरक्षण गरेको बताए । उनले विश्वयुद्धमा करीब ३०० नेपालीले म्यान्मामा वीरत्व प्राप्त गरेको र शुभबहादुर राईलगायतले बेलायतको भिसीसरह पदक प्राप्त  गरेको बताउँदै शहादतप्राप्त नेपालीको सम्मानमा राजदूतावासको आयोजनामा वर्षेनी श्रद्धाञ्जलि कार्यक्रम राख्ने गरिएको जानकारी दिए ।

धार्मिक सङ्घका अध्यक्ष सागर घिमिरेले करीब डेढ लाख नेपालीभाषीले म्यान्मामा आनन्द र शान्तिपूर्वक जीवनयापन गरिरहेको बताउँदै आफूहरुले २५० पाठशाला चलाई आफ्ना छोराछोरीलाई नेपाली भाषा साहित्यबारे अध्यापन गरिरहेको जानकारी दिए । उनले सन् २०२०मा नेपाल भ्रमण वर्ष सफल पार्न सङ्घले नेपाल भ्रमण अभियान चलाउने भएको पनि बताए । सङ्घका संरक्षक मणिलाल पौडेलले राष्ट्रपतिको म्यान्मा भ्रमणका क्रममा नेपालीभाषीहरुसँग भएको भेटले आफूहरु निकै भाग्यमानी भएको बताउँदै नेपालीहरु सधैँ मिलेर बसून् भन्ने कामना गरे । उनले भने, “हामीहरुलाई आज नेपालमाताको दर्शन गरेसरह नै भएको छ, हामी नेपाल आमाको काखमा नै छौँ भन्ने अनुभूति भएको छ ।” 

उनले नेपाल भ्रमण गर्दा म्यान्मालीलाई  प्रवेशाज्ञा निः शुल्क  गरियोस् भन्ने माग पनि गरे ।

सो अवसरमा धार्मिक सङ्घले नेपाली प्रतिनिधिमण्डललाई मायाको चिनो प्रदान गर्नाका साथै दिवाभोजको पनि आयोजना गरेको थियो । पिन ऊ लिनमा करीब १५ हजार नेपाली रुवी९मणि०, दुग्ध, खनिज, फोटो तथा खेतीबारी आदि व्यवसाय गरेर बसेका छन् । यहाँ नेपालीहरुले दशैँ, तिहार, तीज आदि चाडपर्व मनाउने गरेका छन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युवाको टिमले नाकामै खुवायो १२ सय बढीलाई खाना

  • १२ जेठ, २०७७

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट सोमबार एक हजार पाँच सय भन्दा बढी भारतका विभिन्न स्थानमा अलपत्र नेपालीहरु भित्रिएका छन्

एकल महिलाको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन

  • १२ जेठ, २०७७

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले एकल महिलाहरुले खाइपाइ आएको भत्ता कटौती नगर्न सरकारलाई निर्देशन दिएको छ

लकडाउनको समयमा पनि सांस्कृतिक डबली निर्माण कार्य जारी 

  • १२ जेठ, २०७७

पाल्पा । चालु लकडाउनका कारण ज्याला मजदुरी गरि दैनिकी चलाउने परिवारलाई समस्या भएको छ भने विकास निर्माणका कामहरु पनि प्रभावित भएका छन् । तर, पाल्पामा