• २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024

नाइजेरियामा जुम्ल्याहाको महोत्सव सुरु

जहाँ हजार बच्चामा ५० जुम्ल्याहा जन्मिन्छन्

इग्बो–ओरा । नाइजेरियाको इग्बो–ओरा सहरलाई जुम्ल्याहा बच्चाको राजधानी भन्ने गरिन्छ । यहाँ हरेक वर्ष जुम्ल्याहा बच्चाको उत्सव समेत मनाइने गरिन्छ । यो उत्सव शुक्रबार सुरु भएको छ । यसमा सहभागी हुन विश्वभरबाट मान्छेहरु पुग्ने गरेका छन् । 

महोत्सवमा साना बालबालिकादेखि वयष्क उमेरसम्मका जुम्ल्याहा सहभागी हुने गरेका छन् । भनिन्छ– इग्बो–ओरामा संसारमै सबभन्दा बढी जुम्ल्याहा बच्चा जन्मिन्छन् । नेसनल सेन्टर फर हेल्थ स्टेटिस्टिक्सका अनुसार अमेरिकामा हरके एक हजार बच्चामा ३३ जुम्ल्याहा बच्चा जन्मिन्छन् । त्यस्तै, इग्बो–ओरामा प्रति एक हजार बच्चामा ५० जुम्ल्याहा जन्मिन्छजन् । 

स्थानीयका अनुसार पूर्वऔपनिवेशिककालमा जुम्ल्याहा बच्चाको जन्मलाई विशेषगरी नराम्रो अर्थमा हेरिन्थ्यो । तर, अहिले जुम्ल्याहा बच्चालाई आशीवार्दको रुपमा हेरिने गरिन्छ । वैज्ञानिकहरुका अनुसार इग्बो–ओरामा यति धेरै जुम्ल्याहा किन जन्मिन्छन् भन्ने कुरा अहिलेसम्म पत्ता लगोको छैन । स्थानीयका अनुसार महिलाको खानपानका कारण यहाँ धेरै जुम्ल्याहा बच्चा जन्मिने गरेका छन् । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर