• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

यस्ताे हुनेछ चिनियाँ विशेषतासहितको सामाजवाद –सी चिनफिङ

महान् समयले महान् मानिस बनाउँछ । देङ सिआओफिङ एक महान् र लोकप्रिय व्यक्ति हुनुहुन्थ्यो । उहाँ चिनियाँ राष्ट्रको ऐतिहासिक संघर्षबाट हुर्कनुभएको थियो । उहाँ एक शालीन स्वभावको व्यक्ति हुनुहुन्थ्यो, जसको सम्झना उहाँको नेतृत्व र मार्गदर्शनमा काम गरेका धेरै मानिसको मस्तिष्कमा ताजै छ । उहाँको उच्च–क्रान्तिकारी आदर्श र करिश्मायुक्त व्यक्तित्व, ‘दुई शताब्दी लक्ष्य’ र ‘चिनियाँ राष्ट्रिय सपनाको कायाकल्प’ गर्न हाम्रो पथमा सधैं एक प्रेरणा बनिरहनेछ । 

देङ सिआओफिङको साम्यवादी आदर्श र सामाजवादी चिनियाँ विशेषताहरूको अटुट विश्वासबाट सिक्दै हामी उहाँलाई सम्झन्छौँ । उहाँको सम्पूर्ण राजनीतिक जीवन साम्यवादको एक दृढ विश्वासबाट निर्देशित थियो, जो सबै चिनियाँ कम्युनिस्टका लागि अखण्डताको एक चिरस्थायी स्रोत हो । 

सन् १९२६ मा देङ सिआओफिङले सोभियत संघमा अध्ययन गर्दा नै आफूलाई पूर्ण रूपले पार्टी र श्रमिक वर्गमा समर्पित गर्ने निधो गर्नुभयो । त्यसपछि, ७० वर्ष लामो राजनीतिक जीवनमा तमाम कठिनाइहरूको सामना गर्नुभयो । क्रान्तिको असफलताको समयबाट गुजँ्रदा पनि उहाँ समाजवाद र साम्यवादको उज्ज्वल भविष्य र माक्र्सवाद प्रतिको विश्वास र वैज्ञानिक सिद्धान्त र सत्यप्रति कहिल्यै डगमगाउनुभएन । ‘माक्र्सवादमा विश्वास गर्नु भनेको क्रान्तिकारी शक्तिले क्रान्तिमा वियज प्राप्त गर्नु हो,’ देङले सन् १९८४ मा भन्नुभयो । क्रान्तिकारी युद्धहरूमा उहाँ निर्भीकतापूर्वक, मृत्युसँग नडराई लड्नुभयो । 

युद्धग्रस्त देशबाट एक नयाँ चीन बनाउन उहाँले मिहिनेत र निरन्तर प्रयास गर्नुभयो । दश वर्ष लामो सांस्कृतिक क्रान्तिको उथलपुथलमा उहाँ आफ्ना प्रतिबद्धतामा दृढ रहनुभयो र असफलतासँग कहिल्यै आत्मसमर्पण गर्नुभएन । उहाँले आन्तरिक र बाह्य राजनीतिक अशान्तिलाई शान्त र धैर्यका साथ हेर्नुभयो र उहाँले माक्र्सवाद र कम्युनिस्ट आदर्शहरूप्रति दृढ विश्वासका साथ समाजवादी पथमा चीनको आधुनिकीकरणको मार्गप्रशस्त गरे । 

सन् १९९२ मा ८८ वर्षीय देङले आफ्नो दक्षिणी चीन भ्रमणका क्रममा भन्नुभयो, ‘धेरैभन्दा धेरै मानिस माक्र्सवादमा विश्वास गर्नेछन् भन्नेमा म विश्वस्त छु, किनकि यो एक विज्ञान हो । ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको उपयोग गर्दै यसले मानव समाजको विकासलाइ उजागर गर्नेछ... त्यसैले नडराउनुहोस्, माक्र्सवाद हरायो, त्यति उपयोग छैन वा पराजित भयो भनेर नसोच्नुहोस् । यस्तो केही पनि भएको छैन ।’

प्रतिबद्धता र आदर्शहरूको महत्त्वको गहन विवेकका साथ देङले टिप्पणी गर्नुभयो, ‘मेरा लामो राजनीतिक र सैन्य अनुभवबाट मैले सिकेको छु कि एकता एक प्रमुख महत्त्व हो र एकता प्राप्त गर्न मानिससँग साझा आदर्शहरू र दृढ विश्वास हुनुपर्छ । विगत केही दशकमा हामीले दृढ विश्वासको आधारमा मानिसहरूबीच एकता कायम गरेका छौँ, जसले हामीलाई आफ्नो हितका लागि लड्न सक्षम बनायो ।’

हामीसँग उच्च क्रान्तिकारी आदर्शहरू छन् । चिनियाँ कम्युनिस्ट पार्टी र जनवादी गणतान्त्रिक चीनको स्थापना र आजको हाम्रो जुन समृद्धि छ त्यो कम्युनिस्ट आदर्शप्रति पार्टीको ठूलो संख्याको प्रतिबद्धताविना सम्भव थिएन । दृढ आदर्शहरू र प्रतिबद्धताहरूको सहयोगलाई राष्ट्रिय विकासबाट अलग गर्न सकिँदैन । पार्टीको बलियो ‘स्पिरिट’को खोजीमा, हामी कम्युनिस्टहरूले साम्यवाद र चिनियाँ समाजवाद निर्माणको साझा आदर्शको दीर्घकालीन लक्ष्यतर्फ आफूलाई समर्पित गर्नुपर्छ । देङले हामीलाई सामाजवाद र साम्यवादप्रति समर्पणको एक उत्कृष्ट उदाहरण दिए । जसबाट चिनियाँ समाजवादको मार्ग, सिद्धान्त र प्रणालीका लागि दृढ संकल्प र पूर्ण विश्वासका साथ अगाडी बढ्नका लागि हामीलाई प्रेरणा मिलिरहेको छ । 

हामी देङ सिआओफिङको चिनियाँ नागरिकप्रति उहाँको असीम प्रेमलाई सम्झन्छौँ । उहाँको सम्पूर्ण जीवन नागरिकप्रति प्रेमको अभिव्यक्ति हो, जुन चिनियाँ कम्युनिस्टका लागि अथाह शक्ति हो । उहाँले एकपटक भन्नुभएको छ, ‘म चिनियाँ जनताको छोरा हुँ । मसँग मेरा जनता र मेरो देशका लागि गहिरो प्रेम छ ।’ यो उहाँको जनताप्रति उहाँको प्रेम थियो, जसले पार्टी र देशका लागि उहाँको प्रेम बढायो । त्यसैले उहाँले भन्नुभएको थियो– ‘मेरो जीवन पार्टी र देशका लागि समर्पित छ ।’ उहाँका यी सामान्य शब्दहरू पार्टी, देश र जनाताका लागि विशाल प्रेमको गाढा अभिव्यक्ति हो । 

देङले जनताको जीवनस्तर र भूमिकालाई प्राथमिकतामा राख्नुभयो । उहाँले जोड दिनुभयो– ‘जनता हाम्रो शक्तिको स्रोत हो । जनताको दृष्टिकोण र जनदिशा हाम्रो घोषित परम्परा हुन् । पार्टीका संगठन, यसका दर्जाअनुसारका सदस्यहरू र कार्यकर्ता जनतासँग एक हुनुपर्छ र कहिल्यै उनीहरूको विरुद्धमा उभिनु हँदैन । कुनै पनि पार्टी संगठन जसले जनतासँग सम्पर्क गुमाउँछ र सुधार गर्न सक्दैन, यसले आफ्नो शक्तिको स्रोत दुःखपूर्ण गल्तीले गुमाउँछ र सधंैका लागि विफल बन्नेछ र जनताद्वारा अस्वीकृत हुनेछ ।’ उच्च सरकारी पदमा रहँदा होस् वा विपत्तिमा रहँदा होस्, देङले सधंै जनताको सुख र दुःखमा सँगै उभिनुभयो, आफूले देश र जनताका लागि गर्न सक्ने सबै गर्नुभयो । 

जनताको हित नै देङको आजीवन लक्ष्य थियो । उहाँले थुप्रै अवसरमा जोडदिनुभयो, ‘...गरिबी सामाजवाद होइन... समाजवाद भनेको गरिबी निर्मूल पार्नु हो । जबसम्म तपार्इं उत्पादन शक्तिको विकास गर्न र जनताको जीवनस्तर उकास्न सक्नुहन्न, तपाईं समाजवादको विकास गर्दै हुनुहुन्छ भनेर भन्न सक्नुहुन्न ।’ उहाँले सुधार र खुलापन अनि चिनियाँ नागरिकको हितमा आधुनिकीकरणको योजना निर्माण गर्नुका साथै त्यसको नेतृत्वसमेत गर्नुभयो । 

देङले उहाँको विचार समृद्ध बनाउन र आफूलाई अगाडि बढ्न प्रोत्साहित गर्न जनताको ऐतिहासिक उपलब्धिबाट अन्तर्दृष्टि र शक्ति कोर्नुभयो । उहाँले भन्नुभयो, ‘धेरै सुधार र सुरुवातको उत्कृष्ट विचारहरू जनताद्वारा अभ्यासबाट निर्माण गरिएको छ... । यी कुनै एक व्यक्तिको दिमागको जादुबाट आएका होइनन् ।’ 
‘त्यो जनताको विवेक र सामुहिकताको परिणाम हो,’ देङले सर्वाधिक महत्त्व दिनुभएको कुरा के हो भने सबै निर्णयहरू र नीतिहरूमा जनताको चासो, सहयोग, सन्तुष्टि र स्वीकृति अनिवार्य रूपमा अन्तिम लक्ष्यको रूपमा हुनुपर्दछ । उहाँले जनताको सेवा गर्ने कार्यलाई सधैं आफ्नो मूलभूत सिद्धान्त बनाउनुभयो । 

देश र जनताका लागि देङ सिआओफिङको प्रेमले मानवीयताको गहिरो र बलियो एक भावनालाई दर्साउँछ । हामी आफूलाई उहाँमा ढाल्नुपर्छ र जनताको हितका लागि कडा परिश्रम गर्नुपर्छ, जुनसुकै परिस्थितिमा जनता र देशप्रति निष्ठावान रहनुपर्छ र पार्टीको आधारभूत सिद्धान्तलाई लागू गर्नका लागि व्यावहारिक प्रयास गर्नुपर्छ । हामीले आफूलाई पार्टी र जनताका लागि समर्पित गर्नुपर्छ र जीवनभर जनताको सेवा गर्नुपर्छ । 

हामी देङ सिआओफिङलाई तथ्यहरूबाट सत्यता खोज्ने सिद्धान्तमा उहाँको दृढ विचारबाट सिकेर सम्झौन्छौँ । यो एक महत्त्वपूर्ण सिद्धान्त हो, जसले उहाँको विचारधारा र एक दृष्टिकोणलाई बलियो बनाउँछ, जुन सम्पूर्ण चिनियाँ कम्युनिस्टहरूद्वारा सधैं पालना गर्नुपर्छ । 

देङले तथ्यहरूलाई लिने पार्टीको मार्गदर्शक सिद्धान्तलाई हाम्रो कामका आधारको रूपमा अनुसरण गर्नुभयो । तथ्यहरूबाट सत्य पहिल्याउने कुरामा विश्वास राख्न थुप्रै अवसरहरूमा उहाँले जोड दिनुभयो । उहाँले तथ्यहरूलाई आफैँ बोल्न दिइनुपर्ने कुरा बारम्बार भन्नुभयो । ‘माक्र्सवादको सार्वभौम सत्य भनेको तथ्यहरूबाट सत्य पत्ता लगाउनु हो । हामीले यही कुराको वकालत गर्नुपर्छ, पुस्तक पूजाको होइन । हामीले सुधार र खुला नीतिमा पाएको सफलता पुस्तकमा भर परेर होइन, हामीले अभ्यास र तथ्यहरूबाट सत्य खोज्ने कुरामा भर परेर हो,’ उहाँले औंल्याउनुभयो । उहाँले जनताको विश्वास जित्न र वास्तविक परिणाम ल्याउन र धेरैभन्दा धेरै वास्तविक रूपमै काम गर्न नेताहरूसँग आग्रह गर्नुभयो । उहाँको आजीवन कार्यले उहाँ एक दुरदर्शी विचारक, राजनेता र रणनीतिज्ञका साथसाथै व्यावहारिक कर्ता रहनुभएको देखाउँछ । 

सन् १९६० को सुरुवातमा जब हाम्रो देश आर्थिक संकटमा थियो, देङले अधिकारीहरूलाई इमानदार रहनुको महत्त्वमा जोड दिनुभयो । संकटका ती दिनहरूमा कृषिको राम्रो उन्नतिका लागि उहाँले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘कुन प्रकारको उत्पादन सम्बन्ध उपयुक्त हुन्छ, मलाई डर लागिरहेको थियो हामीले तल्लो अधिकारीहरूको विवेकमा छोड्नेछौँ, जुनसुकै उत्पादक सम्बन्ध अपनाएर भएपनि कृषिको तीव्र सुधार गर्ने अधिकार प्रत्यायोजन गरेका थियौँ । आवश्यकताअनुसार गैरअभ्यासलाई वैध बनाउँदै जनतालाई पनि उनीहरूले उपयुक्त प्रणाली ठानेकोलाई अपनाउन दिनुपर्छ ।’ 

सन् १९७८ मा जब चीन सुधार र खुलापनमा प्रवेश गर्यो, देङ सिआओफिङले तथ्यहरूबाट सत्य खोज्ने सिद्धान्तलाई जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘मैले धेरै किताब पढेको छैन, तर म एउटा कुरा विश्वास गर्छु– अध्यक्ष माओको तथ्यहरूबाट सत्य खोज्ने सिद्धान्तमा । त्यही सिद्धान्त हो, जसमा हामी भर पर्यौँ जब हामी युद्ध लडिरहेका थियौँ र सुधार र निर्माणमा हामी निरन्तर भर पर्यौँ ।’ कुनै पनि कामको मूल्यांकनका लागि जुन मुख्य मापदण्ड उहाँले राख्नुभयो, यसले एक समाजवादी समाजमा उत्पादम शक्तिहरूको वृद्धिलाई बढावा दिन्छ, समाजवादी राज्यको समग्र शक्तिलाई बढावा दिन्छ र जीवनस्तरलाई वृद्धि गर्छ । तथ्यहरूबाट सत्यलाई हासिल गर्ने सिद्धान्तको आधारमा, देङले पार्टी र देशले सामना गरिरहेको प्रमुख समस्याहरूको एक शृंखलालाई हल गर्नुभयो, जसले पार्टी र चिनियाँ नागरिकलाई एक संकेत मिल्छ र विकासको एक नयाँ चरणसम्म पुग्न डोर्याउँछ । 

तथ्यहरू सत्यको आधार हुन् र कडा परिश्रम सफलताको एक मात्र बाटो हो । त्यसैले, हामी जोड दिन्छौ, खाली भाषणले देशलाई नोक्सान पुर्याउँछ, जहाँ कडा मिहिनेतले देशलाई फुल्न दिन्छ । क्रान्ति, विकास र सुधारमा चीनको अनुभवले केवल वास्तविकताको रेखासहितको नीतिहरू, मापदण्ड र काम गर्ने तरिकाले पार्टी र जनतालाई सही बाटोमा ल्याउन सक्छ र जनतालाई लाभ मिल्ने व्यावहारिक परिणाम प्रदान गर्न सक्छ भन्ने धेरैपटक प्रमाणित गरेको छ । 

देङले विश्वलाई अवलोकन गर्न र समस्याहरूलाई समाधान गर्न ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको उपयोग गर्नका लागि एक उत्कृष्ट उदाहरण दिनुभएको छ । यस प्रकारको विचार र उहाँको नेतृत्व कलाले हामीलाई वास्तविक र निष्पक्ष कानुनहरूलाई गहन रूपले हासिल गर्नमा मद्दत गर्छ, उच्च कार्यक्षमताको व्यावहारिक कार्यशैली विकसित गर्छ, र ठोस कार्यको माध्यमबाट पार्टीको आधारभूत सिद्धान्तहरू, दिशानिर्देशहरू, अनुभव र आवश्यकताहरूलाई पूर्ण रूपले लागू गर्छ । 

हामी देङ सिआओफिङको अनुसन्धानात्म र अग्रगामी कार्यमा उहाँको राजनीतिक उत्प्रेरणाबाट सिकेरे सम्झन्छौँ । उहाँलाई एक अग्रणी र सृजनशील स्पिरिटसहितको नेतृत्वका रूपमा चिनियाँ कम्युनिस्टले ऐतिहासिक जिम्मेवारी सम्झन्छ । ७० वर्ष लामो आफ्नो राजनीतिक जीवनमा उहाँले अगाडि बढ्ने बाटो र अगाडी सोच्ने सुधार र नविनतम भावनाका साथ अगाडि बढ्ने अदम्य साहसलाई प्रदर्शन गर्नुभयो । 

सन् १९७५ मा जब देङ देशव्यापी सुधारको काममा अगाडि बढिरहनुभएको थियो, उहाँले निर्णायक टिप्पणी गर्नुभयो, ‘वर्तमानमा केही समस्या छन्, जसलाई महान् शक्तिविना समाधान गर्न सक्दैनौँ । हामी साहसी र दृढ रहनुपर्छ ।’ सन् १०७७ मा पार्टी र सरकारमा प्रमुख पदमा फर्किएपछि, उहाँले कठोर विचारको बारेमा विस्तारमा कुरा गर्नुभयो, जसले जनताको मस्तिष्कमा लामो समयसम्म काम गर्योः जो यसबाट पीडित छन्, एक शब्द पनि बोल्न सक्दैनन्, वा यस्तो कदम उठाउँदैनन्, जुन किताबहरू, दस्तावेजहरू व नेताहरूको भाषणहरूमा उल्लेख गरिएको छ । 

उहाँले सन् १९८९ मा पनि औंल्याउनुभएको छ, ‘विश्व दैनिक परिवर्तन भइरहेको हुन्छ र विशेषगरी आधुनिक विज्ञान र प्रविधिमा द्रुत विकास भइरहेको छ । आजको एक वर्ष प्राचीन समयको थुप्रै दशक, एक शताब्दी वा त्योभन्दा लामो समय बराबर बनेको छ । योअनुरूप नयाँ सोच र नयाँ दृष्टिकोणका साथ माक्र्सवादलाई अगाडि बढाउन सकिएन भने ऊ वास्तविक माक्र्सवादी होइन ।’ उहाँले हामीलाई चेतावनी दिनुभयो, ‘जब सबै कुरा कितावबाट गरिन्छ, जब विचार कठोर बन्छ र अन्ध विश्वास नै फेसन बन्छ, कुनै पनि पार्टी वा देशका लागि प्रगति गर्नु असम्भव हुन्छ । यसको जीवन समाप्त हुनेछ र पार्टी वा देश मर्नेछ ।’

देङले हामीलाई प्रोत्साहन गर्नुभयो, ‘सुधारलाई सञ्चालन गर्न र बाहिरसम्म पुर्याउँन र परीक्षणलाई प्रोत्साहित गर्न हामी पहिलेको भन्दा साहसिक बन्नुपर्छ । हामी खुट्टा बाँधिएको महिलाजस्तो हुनुहुँदैन । हामीले केही गर्नुपर्छ भन्ने विश्वस्त भएपछि हामी परीक्षण गर्न र नयाँ बाटो खोज्न साहसिक बन्नुपर्छ... यदि हामीमा अन्वेषण गर्ने आत्मबल छैन, यदि हामी चुनौतीहरू लिनबाट डराउँछौँे, यदि हामीसँग ऊर्जा र इच्छा छैन भने हामी एक नयाँ, राम्रो बाटो पहिल्याउन वा अन्य कुनै पनि नयाँ गर्न सक्दैनौँ ।’ 

चिनियाँ विशेषतासहितको समाजवादको उनको सिद्धान्तले पहिलाको चीनजस्तो विकासोन्मुख देशमा सामाजिक र आर्थिक रूपले समाजवादलाई कसरी बनाउने, बलियो र विकास गर्ने तरिकाको पहिलो व्यवस्थित व्याख्या प्रदान गर्छ, जसबाट समाजवादको सार थाहा हुन्छ र माओ त्सेतुङ विचारधारपछि चीनको परिस्थितमा माक्र्सवादलाई स्विकार्ने एक अर्को ऐतिहासिक कदमको रूपमा चिनियो । दक्षिणी चीन निरीक्षण भ्रमणका क्रममा उहाँले थुप्रै प्रमुख प्रश्नहरूलाई सुल्झाउनुभयो, जसले लामो समयदेखि उल्झिरहेको र जनताको दिमाग खाइरहेको थियो, सुधार र खुलापनको सुरुवात र समाजवादी आधुनिकीकरणको एक नयाँ चरणको आरम्भ भयो । उहाँको नेतृत्व र समर्थनमा, जनताको जीवन, देश र पार्टीमा ऐतिहासिक परिवर्तन ल्याउँदै सुधारमा लहर आयो र त्यससमयको ट्रेन्ड बन्यो । 

सबै महान् खोजहरू भयंकर कठिनाइमा नियन्त्रण पाउन, मार्गदर्शन र नवीनतम बाटोको खोजी गर्ने एउटा प्रक्रिया सहभागी छ । चिनियाँ समाजवादहरूको अभूतपूर्व कारणहरूलाई अगाडि बढाउनका लागि, हामीसँग अझै पनि एक लामो बाटो तय गर्नु छ, ताकि हामीले आफ्नो सुधार र आधुनिकीकरणलाई पूरा गर्न सकियोस् । अगाडिका बाटाहरू चुनौतीले भरिएका हुनेछन् । हामीले देङको नयाँ अनुभवहरू र विकासहरूको निरीक्षण, स्थानीय क्षेत्रहरू, भू–स्तरको एकाइ र जनताको नवीनतम भावनाको सम्मान गर्ने र निर्णय लिनमा दृढ रहने जस्ता मार्गदर्शन र नवीनतम काममा देखिएको राजनीतिक उत्प्रेरणाबाट सिक्नुपर्छ । यसरी हामी आफ्नो नियमित गतिविधिहरूमा नवीनतम प्रयोगलाई एकीकृत गर्न सक्छौँ, हाम्रो अभ्यासमा गतिशील माक्र्सवादलाई लागू गर्न सक्छौं– जसले माक्र्सवादलाई समृद्ध बनाउनका लागि नयाँ निष्कर्षहरू र सिद्धान्तहरूलाई जन्म दिन्छ र अदम्य साहस उन्नत सुधारको सुरुवात र मिति पुगेकालाई समाप्त पार्ने निर्णय र नयाँ प्रभाव उत्पन्न गराउँछ । 

हामी देङलाई उहाँको दूरदर्शी र रणनीतिक विचारबाट सिकेर सम्झन्छौँ । उहाँले रणनीतिक विचारमार्फत एउटा विस्तृत दृष्टिकोणलाई अगाडि सार्नुभयो, जसबाट सम्पूर्ण चिनियाँ कम्युनिस्ट सुसज्जित हुनुपर्छ । 

देङलाई उहाँको व्यापक दृष्टि, साधनशीलता, चतु¥याइँ र स्पष्ट सोचका लागि विख्यात मानिन्छ, किनकि उहाँले जहिले पनि आन्तरिक र बाह्य विकासहरूलाई चीन र बाँकी विश्वबीचको अन्तरसम्बन्धलाई राखेर अध्ययन गर्नुहुन्थ्यो र संकटपूर्ण क्षणहरूमा पनि दिमागमा फराकिलो तस्बिर राखेर होसियारपूर्वक रणनीतिक निर्णय गर्ने क्षमता उहाँमा थियो । सुरुवात र सुधारको नयाँ चरणमा चीन प्रवेश गरेपछि, उहाँले देश, पार्टी र समाजवादको दीर्घकालीन विकासको महत्त्वपूर्ण रणनीतिहरूको प्रमुख निर्णयहरूको एक शृंखला बनाउनुभयो, जुन आन्तरिक र विश्वव्यापी विकासहरूको ‘ट्रेन्ड’ (परम्परा)मा उहाँको अन्तरदृष्टिमा आधारित छ । 

आजको विश्वको सुधार र विकास परम्पराको चतुर निर्णायक विश्लेषणमा देङले भन्नुभयो, ‘वर्तमान विश्व खुला छ,’ उहाँले भन्नुभयो, ‘हाम्रो इतिहासको समीक्षा गर्दै हामीले निष्कर्ष निकालेका छौँ कि चीन लामो समयदेखि गतिहीन हुनु र पिछडिनुको एक सबैभन्दा महत्त्वपूर्ण कारण देशबाहिर सम्पर्क बन्द गर्ने यसको नीति हो । हाम्रो अनुभवले के देखाउँछ भने चीनले आफूलाई बन्द कोठाभित्र पुनर्निर्माण गर्न सक्दैन र यसले बाँकी विश्वबाट अलग्गिएर एक्लै विकास गर्न सक्दैन ।’ अर्कोतर्फ उहाँले चीनको राष्ट्रिय सार्वभौम र स्वतन्त्रताको प्रशंसा र समर्थन गर्नुभयो, जुन चिनियाँ जनताद्वार अतुलनीय संघर्षहरूबाट जितिएको थियो । त्यसैले, उहाँले जोड दिनुभयो, ‘चीनका मामिलाहरूलाई चीनको विशिष्ट परिस्थितिहरूअनुसार र चिनियाँ नागरिकद्वारा स्वयं चलाइनुपर्छ । स्वतन्त्रता र आत्मनिर्भरता सधैं रहिरहनुपर्दछ... कुनै पनि बाहिरी देशले चीन उसको अधीनमा हुने वा चीनको आफ्नो हितहरूमा नोक्सान पुग्ने कुनै पनि कुरा स्विकार्छ भन्ने आशा राख्नुभएन ।’

विश्व शान्ति र विकासप्रति ध्यानकेन्द्रित गर्दै उहाँले विकासको समस्यालाई एकरूपतामा व्याख्या गर्दै सबै मानव जातिको चिन्ता गर्ने र त्यहीअनुसार अध्ययन र हल गर्ने कुरामा जोड दिनुभयो । अन्य विकासशील देशहरूप्रति चिन्ता व्यक्त गर्दै उहाँले चीन ‘सम्पूर्ण तेस्रो मुलुक’सँग साझा हितमा रही सहकार्य गर्ने कुरामा जोड दिनुभयो । ‘चीनले कहिल्यै पनि आधिपत्य वा अरूलाई धम्काउने प्रयास गर्नेछैन, तर सधैं तेस्रो मुलुकको पक्षमा उभिनेछ’, उहाँले प्रतिज्ञा गर्नुभयो र चीनले कुनै पनि प्रकारको आधिपत्यको विरोध गर्ने र विश्व शान्तिको रक्षा गर्नेछ । 

रणनीतिक मुद्दाहरू एउटा राजनीतिक पार्टी र देशका लागि मौलिक हुन् । वास्तविक मूल्यांकन र संवेदनशील योजनाले हामीलाई पार्टी र देशको समस्या हल गर्न रणनीतिक पहल प्राप्त गर्नमा सहयोग गर्छ । हामीले उहाँको विश्वव्यापी दृष्टिकोण र रणनीतिक विचारबाट ‘विश्वलाई हेर्दै, भविष्य, वर्तमान र अन्य सबै कारकहरूलाई ध्यानमा राखेर समग्र हितलाई ध्यानमा राख्दै प्रश्नहरूको विश्लेषण गर्नुपर्छ । हामीले उहाँको प्रमुख मुद्दाहरूमा गहिरो जागरूकता र उहाँको उच्च तार्किक र तेज दिमागबाट सिक्नुपर्छ, जो अगाडिका बारेमा सोच्न र भविष्यको बाटोको नेतृत्व गर्न सक्षम थियो । पार्टी र जनताको दुःखको योजनालाई लिएर उहाँसँग इतिहास र विश्वव्यापी दृष्टिकोण थियो र उहाँको शीघ्र धारणा र दूरदर्शिताले उहाँको प्रमुख रणनीतिक मुद्दाहरूलाई हल गर्नमा मद्दत गर्यो र उहाँको सबै कामहरूमा उहाँको दिमागमा एउटा व्यापक रणनीतिक सचित्र रहने गर्दथ्यो ।

उहाँको उदार सोच र निःस्वार्थ भावनाबाट सिकेर हामी देङलाई सम्झन्छौँ । उहाँको जादुमयी नेतृत्वबाट यस्तो गुण आयो, जुन उहाँको जीवनभर र्हयो र एक यस्तो गुण जसलाई चिनियाँ कम्युष्टिहरूले जगेर्ना गरी राखिरहनुपर्छ । देङले सधैं आफूलाई श्रमिक जनताको प्रतिनिधिको रूपमा उभ्याउनुभयो । उहाँ सधैं आत्मानुशासित कम्युनिस्ट सदस्यको रूपमा रहनुभयो । उहाँ कठिनाइहरूका अगाडि कहिल्यै झुक्नुभएन र उहाँ सधैं आफ्ना कमरेडहरूको हेरचाह गर्नुभयो र नम्र र विवेकपूर्ण रहनुभयो । एक कम्युनिस्टले आफूलाई विकसित गर्न कसरी परिश्रम गर्नुपर्छ र आफ्नो पार्टीको भावना अगाडि बढाउनुपर्छ भनी देङले हाम्रा लागि एक राम्रो उदाहरण प्रस्तुत गर्नुभयो । 

देङले आफ्नो निजी हितहरूको वास्ता नगरी सधैं पार्टी र देशको विकासलाई प्राथमिकता दिनुभयो । उहाँले भन्नुभयो, ‘म १८ वर्षको उमेरमा क्रान्तिकारी सदस्यका रूपमा सहभागी भए र म क्रान्तिलाई सफल पार्न चाहन्थें ।’ उहाँले राजनीतिक जीवनमा भोगेका तीन उतार–चढाव, सत्यतालाई राखिरहने र गल्तीहरूलाई सुधार्नेे, अनि कार्यालयबाट अन्यायपूर्ण निष्काशन र दोषपूर्ण आलोचनाको अगाडि उहाँको उदारता, आशावादीता, रचनात्मकता, धैर्य र हठी एवं दृढ शैलीको परिणाम हो । हरेक पटक उहाँले आफ्ना पदहरूलाई दोहोर्याएर सुरु गर्नुभयो । उहाँले सबै बाधाहरूलाई हटाउनका लागि निर्भीकतापूर्वक काम गर्नुभयो र आफूलाई सुनिश्चित गर्नका लागि समर्पित गर्नुभयो र उहाँले सही दिशा–निर्देश र नीतिहरू तयार पार्नुभयो र कार्यान्वयन गर्नुभयो । 

संस्कृति क्रान्तिपछि नेतृत्वदायी पदमा फर्किएपछि, देङले कामप्रति आफ्नो धारण स्पष्ट पार्नुभयो, ‘अब म काममा फर्कनुपर्छ । म दुई फरक धारणाहरूलाई लिन सक्छु । एक, कर्मचारीतन्त्र र अर्को केही ठोस काम गर्नु । मैले आफूले आफैँलाई भनेको छु, आखिर कम्युनिस्ट पार्टीमा सहभागी हुनु मेरो आफ्नै इच्छा हो । अब मैले फेरि काम सुरु गरेको छु, मैले कहिल्यै बिउरोक्र््याट बन्नु हुँदैन र निजी फाइदाका लागि कहिल्यै काम गर्नु हुँदैन । यसबाहेक अरू विकल्पमा छैन ।’ उहाँ वास्तवमा एक निःस्वार्थ र खुला विचारधारा भएको व्यक्ति हुनुहुन्थ्यो ।

देङले इतिहास, आफ्ना कमरेड र आफूप्रति एक निष्पक्ष र वस्तुनिष्ठ रवैया अपनाउनुभयो । उहाँ विनम्र, मिलनसार र काम गर्न सजिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँ आफ्ना सहयोगीहरूसँग मिलेर कसरी काम गर्नुपर्छ भन्ने जान्नुहुन्थ्यो । क्रान्तिकारी युद्धहरूमा १३ वर्षसम्म लिउ बोचेङसँग एकपछि अर्को अनगिन्ती युद्धपछि उहाँले एक बलियो मित्रता कायम गर्नुभयो । ‘जब सही कामका लागि सही व्यक्तिको छनोट गरिन्छ । आफ्नो भन्दा फरक विचार भएको व्यक्तिसँग कसरी काम गर्नुपर्छ भन्ने देङ जान्नुहुन्थ्यो र व्यक्तिगत भावनाहरूको वास्ता नगरी उहाँले आफ्नो क्षमताहरूलाई पूर्णरूपले खेल्न दिनुभयो । ‘सही कामका लागि सही व्यक्तिको चयन गर्दाको समय, तपाईले पुराना अंकहरूलाई बिर्सनुपर्छ र त्यहाँबाट छान्न सक्नुहुन्छ जो तपाईको विरुद्धमा थिए,’ उहाँले भन्नुहुन्थ्यो । उहाँले कुनै पनि प्रकारको भ्रष्टाचार र विशेषाधिकारहरूको विरोध गर्नुभयो र आफ्ना आफन्त र तत्कालका कर्मचारीका लागि सख्त नियम निर्धारण गर्नुभयो ।

आफ्ना महान् योग्यताका बाबजुद पनि देङ सधैं विनम्र रहनुभयो । उहाँले थुप्रै अवसरहरूमा भन्नुभयो, ‘मलाई आशा छ, उनीहरूले मलाई कहिल्यै अधिक प्रमुखता दिनेछैनन् । मैले जे गरें त्यो चिनियाँ नागरिक र चिनियाँ कम्युनिस्टहरूको आकांक्षाको प्रतिनिधित्व गर्छ ।’ एक भौतिकवादीको रूपमा, उहाँले खुला दिमागले मृत्युलाई लिएर विचार गर्नुभयो र आफ्नो परिवारलाई भन्नुभयो, ‘ढिलो वा चाँडो, मैले संसार त्याग्नेछु । जब म त्याग्नेछु, केही पनि महत्त्वपूर्ण हुनेछैन । कसैले पनि प्रकृतिको नियमलाई झुकाउन सक्दैन । तपाईले यो बुझ्नैपर्छ ।’ उहाँको मृत्युपछि, उहाँको आँखा अस्पतालमै दान दिइयो, उहाँको अवशेषहरूलाई चिकित्सा अनुसन्धानका लागि दान गरियो र उहाँको खरानीलाई उहाँको इच्छानुसार समुन्द्रमा मिसाइयो ।

कम्युनिस्टहरूको नाममा महान् चरित्रका पार्टी सदस्यहरू कडा रूपमा उत्रिनुपर्छ र जनताद्वारा माया गरिनुपर्छ । हामीले देङको निःस्वार्थ सेवादेखि लिएर सार्वजनिक हितहरू र निर्भीक चरित्र र खुला विचारबाट सिक्नुपर्छ । यसका लागि हामीले आफ्नो पार्टीको आत्मअनुशासनलाई बलियो बनाउने, अरूप्रति समर्पित हुनका लागि सख्त आत्मअनुशासनको अभ्यास गर्न आवश्यक छ, पार्टी संगठनहरू, आफ्ना सहयोगीहरू र स्वयंप्रति अनुकूल रवैया अपनाउनुहोस् र सही तरिकाले शक्तिको प्रयोग गर्नुहोस् । भित्री सामाजवादी मूल्यहरूको अभ्यास गर्नु महत्त्वपूर्ण छ, आफूलाई पूर्ण रूपले पार्टी र जनताका लागि समर्पित गर्नुहोस् । पार्टी र सरकार भित्र र आमजनताबीच इमानदार आचरण स्थापित गर्ने कदम उठाउनुहोस् । 

देङले हामीलाई जुन सैद्धान्तिक र राजनीतिक विरासतले पुरस्कृत गर्नुभयो, त्यसको सार चिनियाँ समाजवाद हो । जसले पार्टी र जनतालाई बनायो । यो नै देङ सिआओफिङ सिद्धान्त हो । ‘लुइ बोनापार्टको अठारौँ ब्रुमिएर’मा कार्ल माक्सले लेख्नुभएको छ, ‘मानिसले आफ्नो इतिहास आफंै बनाउँछ, तर त्यो उनीहरूको इच्छाअनुसारको हुँदैन । आफंैले छानेको परिस्थितिमा पनि त्यो निर्माण हुँदैन, तर त्यो उनीहरूको विगतले प्रत्यक्ष निर्देशित गरेको परिस्थितिबाट जन्मन्छ ।’ देङको सिद्धान्त र अभ्यासलाई मु्ख्य रूपले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिलाई ध्यानमा राख्दै र तथ्य, स्वतन्त्रता र जनदिशाबाट सत्यको खोजको सिद्धान्त हो । चिनियाँ कम्युनिस्ट पार्टीको अहिलेको सिद्धान्त पनि स्वतन्त्रतापूर्वक जनदिशा अपनाउँदै तथ्यबाट सत्य पत्ता लगाउनु हो । 

चिनियाँ समाजवाद एक यस्तो पथ हो, जो चीनको राष्ट्रिय वास्तविकता र परिस्थिति अनुकूल छ र व्यावहारिक र सैद्धान्तिक दुवै रूपमा यो समयको माग हो । त्यसैले यो जन्मिएको हो र यसले व्यावहारिक परिणाम दिइरहनेछ । देङले जोड दिएर भन्नुभएको छ, ‘यदि चीनको जस्तै तेस्रो मुलुकका विकासशील देशहरू, जुन राष्ट्रमा स्वाभिमान स्वधीनता छैन र ऊ आफ्नो स्वतन्त्रतामा रमाउन सक्दैन भने यसले लामो समयसम्म आफ्नो स्वतन्त्रताको आनन्द लिन पाउँदैन ।’ हाम्रो विकास पथ, सिद्धान्त र प्रणालीमा स्वतन्त्रता भनेको हाम्रो राष्ट्रीय सार्वभौमसत्ता, स्वतन्त्रता र गरिमाका लागि प्रमुख हुनु हो । 

चिनियाँ राष्ट्रले एक शानदार सभ्यता उत्पति गरेको छ, जसलाई पाँच हजार वर्षमा फेरि हेर्न सकिन्छ । चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा, चिनियाँ नागरिकले समाजवादी पथमा नयाँ सफलता हासिल गरेका छन् र अगाडि बढ्नका लागि मार्ग प्रदर्शन गरेको छ । हामीले हाम्रो कमजोरीहरूलाई सुधार्नुपर्छ र विगतका कुरालाई परिवर्तन गर्नुपर्छ र अन्य देशहरूको शक्तिबाट सिक्नुपर्छ । हामीले विदेशीहरूको आँखा चिम्लेर नक्कल गर्नुहुँदैन । हामी आफूले आफैँलाई दबाउनु हुँदैन र आफ्नो परम्पराहरू र संस्कृतिको सबैभन्दा राम्रो पालना गर्नुपर्छ । 

जनवादी गणतन्त्रको स्थापनका बारेमा बोल्दै देङले भन्नुभयो, ‘चीनले यो हैसियत बनाएको छः उनीहरूले हामीलाई तल राखेर हेर्ने हिम्मत गर्दैनन् ।’ त्यसैले, हामीले नयाँ जनवादी क्रान्तिका दौरान प्राप्त उपलब्धिहरूलाई त्याग्नु हुँदैन, जसले समाजवादी सुधार र विकासमा हाम्रो उपलब्धिहरूलाई, सुधार र खुलापनको सुरुवात र सामाजवादी आधुनिकीकरणको हाम्रो झन्डालाई फहराउन अस्वीकार गर्छ । यही कारण हाम्रो पार्टी र जनता अन्तर्राष्ट्रिय समुदायमा लामो समयसम्म उभिन सक्षम छ । आधुनिक समयको इतिहासले चिनियाँ मामिलाहरूलाई चिनियाँ राष्ट्रिय परिस्थितिहरू र वास्तविकता अनुसार नियन्त्रण गर्नुपर्ने बताउँछ । हाम्रो सम्पूर्ण समस्याहरूलाई सम्बोधन गर्ने यो एक मात्र सही बाटो हो ।

देङको मृत्युपश्चात् १७ वर्षको अवधिमा भयंकर परिवर्तनको विश्वसँग प्रमाण छ । देशमा सुधार र विकासका लागि हाम्रो कार्य कठिन र भारी छ । ११औँ चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको तेस्रो पूर्ण सत्रमा दिइएको दिशानिर्देशहरू, सिद्धान्तहरू र नीतिहरूलाई पछ्याउँदै, जिआङ जेमिनका साथ तेस्रो पिँढी नेतृत्व र महासचिव हु चिन्ताओको नेतृत्वमा चौथो पिँढीको नेतृत्वले थुप्रै चिनियाँ नागरिकलाई पार्टी र देशको उपक्रममा निरन्तर प्रगति हासिल गर्यो । 

सन् २०१२ मा १८औँ चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी)को राष्ट्रिय महाधिवेशनको गठनपछि, सिपिसी केन्द्रीय समितिले १८औँ सिपिसी राष्ट्रिय कंग्रेसको निशानिर्देशहरू र सन् २०१३ मा आयोजित १८औँ सिपिसी केन्द्रीय समितिको तेस्रो पूर्ण सत्रका निर्देशनलाई लागू गर्दै चिनियाँ नागरिकको नेतृत्व गर्यो । हामी चिनियाँ विशेषताका साथ समाजवादलाई कायम राख्छौँ र माक्र्सवाद लेलिनवाद, माओ त्सेतुङ विचारधारा, देङ सिआओफिङ सिद्धान्त र तीन प्रतिनिधित्वको सिद्धान्त र विकासमा वैज्ञानिक दृष्टिकोणको दिशानिर्देशनलाई पालना गर्र्छौं । चीनको समग्र आन्तरिक र अन्तर्राष्ट्रिय विचारलाई ध्यानमा राख्दै चिनियाँ समाजवादका लागि उज्ज्वल भविष्य बनाउने प्रयासमा हामीले अर्थव्यवस्थाको निरन्तर र स्वस्थ्य विकासलाई बढावा दिनका लागि अझ सुधार गरेका छौँ र हाम्रो कार्यशैलीलाई सुधार गरेका छौँ । 

विस्तारै, समाजवादी आधुनिकीकरणका लागि देङद्वारा निर्धारित खाका एक वास्तविकता बनिरहेको छ । हाम्रो देश अझै बलियो र समृद्ध बनिरहेको छ र राष्ट्रिय कायाकल्पको चिनियाँ सपना साँचो बनिरहेको छ । हामीसँग आफ्नो उपलब्धिहरूमा गर्व गर्ने प्रत्येक कारणहरू छन् । 

यस्तो अवस्थामा, देङ सिआओफिङको सम्बोधनलाई याद राख्न अत्यावश्यक छ, ‘हामी खाली केही दशकहरूदेखि मात्रै समाजवादको निर्माण गरिरहेका छौँ र अहिले पनि प्राथमिक चरणमै छौँ । सामाजिक व्यवस्थालाई बलियो बनाउन र विकसित गर्न एक लामो ऐतिहासिक समय लाग्नेछ, र यसले थुप्रै वा दर्जन वा कैयौँ दर्जन पिँढीहरूको लगातार संघर्षको आवश्यकता पर्नेछ । उहाँले जोड दिएर भन्नुभयो, ‘समाजवादको सार भनेको मुक्ति र उत्पादक शक्तिहरूको विकास, शोषण र ध्रुवीकरणको उन्मूलन हो र सबैका लागि समृद्धिको अन्तिम उपलब्धि हो । समाजवादी आधुनिकीकरण, हाम्रो देशको पूर्ण पुनरएकीकरण र महान् राष्ट्रिय कयाकल्प सम्पूर्ण चिनियाँ नागरिकको साझा महत्त्वकांक्षाहरू हुन्, जुन माओ त्सेतुङ र देङ सिआओफिङसहित चिनियाँ क्रान्तिकारीहरूको पुरानो पिँढीहरूद्वारा लामो समयदेखि देखिएका सपना पनि हुन् । 

देङले एकपटक हाम्रो पार्टीको सदस्यहरूलाई सम्झाउनुभयो, ‘आजबाट आगामी शताब्दीको मध्यसम्म अवधि संकटपूर्ण र महत्त्वपूर्ण हुनेछ । हामीले आफूले आफैँलाई दुःखको कडा मेहनतमा डुबाउनुपर्छ । हामीसँग एक साहसको कठिन कार्य र एउटन भारी जिम्मेवारी छ ।’ हामी अब यी कार्यहरू र भारी जिम्मेवारीहरूलाई लिइरहेका छौँ । पार्टीका सम्पूर्ण सदस्यहरू एकजुट भएर हाम्रो कर्तव्यहरू पूरा गर्नका लागि कडा मेहनत गर्नुपर्छ । चिनियाँ नागरिकलाई समयसँगै राख्ने र चिनियाँ विशेषतासहितको समाजवादलाई बढाउन र विकास गर्न नयाँ सफलता हासिल गर्न नेतृत्व गर्नुहोस्, जसले गर्दा सम्पूर्ण मानवजातिका लागि शान्ति र विकासमा योगदान बढाउन सकियोस् । 

२०औँ शताब्दीमा ऐतिहासिक जित हासिल गर्ने चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ नागरिकले २१औँ शताब्दीमा अझ महान् सफलताहरू प्राप्त गर्नेछन् भन्नेमा हामी विश्वस्त छौँ । 


(सी चिनफिङले ११०औँ देङ सिआओफिङ जयन्तीका अवसरमा २० अगस्ट २०१४ मा गर्नुभएको सम्बोधन ‘सी चिनफिङः द गभर्नेन्स अफ चाइना’ (भाग २) मा समावेश छ । समाचार दैनिकका लागि गीता सुब्बाद्वारा अनुवाद गरिएको हो ।)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर