• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

रोटरी नेपाल ३२९२ र रोटरी डिस्ट्रिक ३५२३ ताइवानबीच समझदारी

काठमाडौं । रोटरी नेपाल थ्री  टु नाइन टु र रोटरी डिस्ट्रिक थ्री फाइभ टु थ्री ताइवानबीच नेपालका विभिन्न जिल्लाका शारीरिक असक्त व्यक्तिहरुलाई हवीलचियर प्रदान गर्ने सहमति भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सो सहमती भएको हो । नेपाल र ताइवानबीच सहकार्य र सदभाव कायम गर्ने उदेश्य अन्तर्गत ३ वटा प्रतिबद्धता जाहेर गरिएको र जसअन्तर्गत पहिलो चरणमा १ सय २२ वटा क्लव मार्फत २ सय वटा ह्वीलचियरहरु  नेपालका विभिन्न जिल्लाका  शारीरिक असक्षमता भएका व्यक्तिहरुलाई वितरण गरिने योजना रहेको रोटरी नेपाल थ्री नाइन टु का अध्यक्ष किरणलाल श्रेष्ठले जानकारी दिए ।

अन्य प्रतिबद्धता अन्तर्गत आगामी वर्षदेखि ताइवानको झाओ जेन फाउण्डेसनबाट निकट भविष्यमा २ हजार ह्वीलचियर आउने भएकाले ती ह्विलचियरहरु नेपालका शारीरिक असक्त व्यक्तिहरुलाई वितरण गर्ने योजना रहेको उनको भनाई छ । त्यस्तै मुटुरोग उपचार केन्द्र स्थापना अन्तर्गत  पोखरा स्वास्थ्य विज्ञान प्रष्ठिानमा क्याथल्याग राखेर  मुटुरोग सम्बन्धी सुविधा सञ्चालन गर्ने उनले जानकारी दिनुभयो । प्रतिबद्धता अन्तर्गत ताइवान नेपाल मेडिकल मिसन स्थापना गरेर बृहत रुपमा धौलागिरी अञ्चल अस्पतामा २ दिने स्वास्थ्य शिविर सञ्चान गरिने उनले बताए ।

उक्त स्वास्थ्य शिविरमा १ सय जना डाक्टर तथा विशेषज्ञ टोलीहरुको सहभागितामा इसिजि, नाक, कान, आँखा, प्रसुति, मुटुरोग, हाडजोर्नी लगायतका ४ हजार विरामीहरुलाई निशुल्क रुपमा स्वास्थ्य उपचार गर्नुका साथै निशुल्क औषधी समेत वितरण गरी थप उपचारको लागि सहयोग गरिने उनको भनाई छ । त्यस्तै डेन्टल केयर अस्पताल बाग्लुङको धौलागिर अञ्चल अस्पतालाई २ वटा अल्ट्रासाउण्ड मेसिन पनि हस्तान्तरण गरिने छ ।

धौलागिर अञ्चल अस्पतालको स्तरोन्नति गर्न विभिन्न काम गर्ने तथा आगामी वर्षभित्र बढी सुविधा र सेवामुलक बनाउन स्वच्छ खानेपानी उपलब्ध गराउने योजना रहेको  छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर