• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

रुरु क्षेत्रमा भजन महोत्सव र शंख बजाउने प्रतियोगिता हुने 

पाल्पा । पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रुरु क्षेत्रधाम रिडीमा यसपटक पनि भजन महोत्सव हुने भएको छ । रुरु धार्मिक सेवा सन्चार प्रालिको आयोजनामा नेपालमै पाँचौं भजन महत्सव तथा भजन प्रतियोगिता गर्ने भएको हो । 

आगामी मंसिर १५ गते विवाह पञ्चमीको अवसरमा महोत्सव हुने भएको रुरु धार्मिक सेवा सञ्चार प्रालिले जनाएको छ । महोत्सवमा विगतका वर्षहरूजस्तै दोहोरो शंख बजाउने प्रतियोगिता, जेष्ठ नागरिक सम्मान, पत्रकार सम्मान, उत्कष्ट कृषक सम्मान, दानवीर सम्मानसहित असल बुहारी सम्मान गर्ने कार्यक्रम तय भएको कार्यक्रमका संयोजक चूडामणि तिमिल्सिनाले बताए । 

तिमिल्सिनाका अनुसार भजन प्रतियोगितामा प्रथम पुरस्कार १० हजार र प्रमाणपत्र, द्वितीय पुरस्कार ५ हजार र प्रमाणपत्र, तृतीय पुरस्कर ३ हजार र प्रमाणपत्र र सान्त्वना पुरस्कार २ हजार र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगिताका सबै सहभागीलाई एक हजार पुरस्कार दिइनेछ आयोजकले जनाएको छ । । 

यस्तै, शंख बजाउने प्रतियोगिताका लागि प्रथम पुरस्कार १५ सय र प्रमाणपत्र, द्वितीय पुरस्कार १ हजार र प्रमाणपत्र तृतीय पुरस्कार ७ सय र प्रमाणपत्र तथा सान्त्वना पुरस्कार २ जनालाई ५ सयका दरले पुृरस्कार प्रदान गरिनेछ । त्यस्तै, ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत तीन जिल्लाका वृद्धहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 

सम्पूर्ण सम्मानित ज्येष्ठ नागरिकलाई यातायातको प्रबन्ध समेत मिलाइने प्रालिका अध्यक्ष तिमिल्सिनाले बताए । नेपालमै फरक खालको कार्यक्रम गर्ने भएको हुँदा रुरु धाम रिडीमा कार्यक्रम अवलोकन गर्न आउने भक्तजनका लागि भन्डाराको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रममा पितृहरूको सम्झनामा श्रीमद्भागवत पाठपारायण, वेद, चण्डी पाठ हवन शिवजीको पूजा तथा ग्रहशान्तिसमेत गरिनेछ । कार्यक्रममा एक हजारभन्दा माथि दान गर्ने दातालाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर