वाणिज्य बैंकमा निशुल्क तालिम अफर : यसरी हुने सहभागि

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले युवाहरुलाई लक्षित गर्दै निशुल्क तालिम सञ्चालन गर्दैछ । उक्त तालिम कात्तिक २२, २३ र २४ गतेगरी तीनदिनसम्म सञ्चालन हुने बैंकले जनाएको छ । 

तालिम सञ्चालन गर्ने सम्बन्धी समाचारदैनिक डटकमले प्रकाशन गरेको समाचारमा धेरै पाठकहरुले आवेदन दिने सम्बन्धमा चासो व्यक्त गरेपछि हामीले यस सम्बन्धमा जानकारी दिन गइरहेका छौं । सामाजिक उत्तरदायीत्व अन्तर्गत आरबीबी इम्पावरमेन्ट एकेडेमी मार्फत उक्त तालिम लिन चाहने आवेदकले अनलाइन फाराम भर्नुपर्ने बैंकले जानकारी दिएको छ ।

उक्त तालिमका लागि बैंकले २०७६ कार्तिक १ गते शुक्रबार बाटै निःशुल्क आवेदन लिन थालिसकेको छ । तालिमबाट वित्तीय क्षेत्रमा रोजगारी गर्न चाहनेले टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत जानकारी प्राप्त गर्ने बैंक प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिएका छन् । 

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो निशुल्क तालिम अफर

 

फारम भर्नका लागि आवश्यक योग्यता
राष्ट्रिय वाणिज्य बैंकले पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं। ३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीलाई मात्र लक्षित गरी आवेदन माग गरेको छ । तालिममा सहभागि हुनका लागि निम्न योग्यता आवश्यक पर्दछ ।

१. आवेदकले व्यवस्थापन संकायमा स्नातक तह पास गरेको वा अन्तिम वर्षको नजिताको पर्खाइमा रहेको विद्यार्थी हुनुपर्ने ।
२. उमेर २८ वर्ष ननाघेको ।
३. न्यूनतम ३.० जिपिए वा ५० प्रतिशत प्राप्ताङक हुनुपर्ने ।
४. सिमान्तकृत वा पिछडिएका वर्गलाई विशेष प्राथमिकता ।

कसरी भर्ने अनलाइन फाराम ? 

१ . फारम भर्नका लागि कुनै ब्राउजरमार्फत राष्ट्रिय वाणिज्य बैंकको वेभसाईट https://www.rbb.com.np लगइन गर्नुहोस्
२. त्यसपछि बैंकको वेभसाइटमा  Empowermet Academy अप्सनमा क्लिक गर्नुहोस् ।
३.Empowermet Academy अप्सनमा क्लिक गरेपछि माग गरेजतिको विवरण भरेर submit गर्नुहोस्
४. बैंकले पहिलो चरणमा ३० जनाका लागि आवेदन माग गरेको हुनाले तालिममा सहभागिको अन्तिम छनोट बैंकले गर्नेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर