• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आजको पत्रपत्रिका: सांसद कँडेल उर्फ ‘मुन्नाबाबु’ विरुद्ध भारतमा अपहरण मुद्दा

आजको पत्रपत्रिकामा बैतडीमा मान्छेमाथि एक्स्काभेटर प्रयोग भएको विषयलाई सबैजसो पत्रिकाले समेटेका छन् । त्यस्तै इँटाभट्टामा जलाएर हत्या प्रकरणको विषयलाई पनि आजका पत्रिकाहरुले समेटेका छन् ।
आजको कान्तिपुर दैनिकमा द्धन्द्धकालमा महिलालाई कुकुरबाट बलात्कार गराइएको जघन्य अपराधको घटनालाई प्रमुख समाचार बनाइएको छ । द्वन्द्कालमा तत्कालीन शाही नेपाली सेनाबाट यौन हिंसामा परेकी पीडितको बयानलाई प्रमुख बनाइएको छ । नागरिक दैनिकमा राजपुर बमकाण्डमा तत्कालीन सिडिओ र प्रहरीप्रमुख छानविनमा रहेको लेखेको छ । नागरिक लेख्छ, – राजपुर बमकाण्डका बेला रौतहटमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी प्रमुख र सरकारी वकिल कार्यालयका प्रमुख छानविनको दायरमा परेका छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी, सशस्त्र प्रहरीका जिल्ला प्रमुख रामकृष्ण लामा र सरकारी वकिलको कार्यालय रौतहटका प्रमुख ध्रुवमणि ज्ञवाली छानविन दायरामा तानिएका हुन् । नयाँ पत्रिकामा सांसद कँडेल उर्फ ‘मुन्नाबाबु’ विरुद्ध भारतमा अपहरण मुद्दा शिर्षकमा प्रमुख समाचार लेखेको छ । 
अन्नपूर्ण पोस्टले इँटाभट्टामा जलाएर हत्या प्रकरणमा मुद्दा फिर्ता लिन प्रलोभन  शिर्षकमा प्रमुख समाचार लेखेको छ । नजिकिँदै दाहाल र नेपाल शिर्षकमा समाचार लेखेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर