• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

म्यानचेस्टर सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को फराकिलो जित

एजेन्सी । इंग्लिस स्टार खेलाडी रहिम स्ट्रलिङको ह्याट्रिक सहयोगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा अपराजित यात्रालाई कायमै राखेका छन् ।

सिटीले इटालियन क्लब एटलान्टामाथि ५–१ को फराकिलो जित निकाल्दै समूह चरणमा अपराजित यात्रा कायमै राख्न सफल भएका हुन् । सिटीको फराकिलो जितका स्ट्रलिङले ह्याट्रिक तथा सर्जियो अगुइरोले दुई गोल गरे । पाहुना टोलीका रुस्लान मालिनोभ्स्कीले सान्त्वना गोल फर्काए ।

८२औं मिनेटमा सिटी १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा एटलान्टाले उठाउन सकेन । सिटीका फिल फोडेन दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

जितसँगै सिटी समूह ‘सी’ मा ९ अंक जोडेर शीर्षस्थानमा छ । डाइनामो जाग्रिव र साख्तर डोनेस्क समान ४ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा छ । एटलान्टा अंकविहीन हुदै पुछारमा छ । यही समूहको अर्को खेलमा साख्तर डोनेस्क र डाइनामो जाग्रिवले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर