विवाहको कार्ड भाइरल हुँदा आलियाको रिएक्सन यस्तो  

एजेन्सी । बलिउड कलाकार आलिया भट्ट र रणवीर कपुरको विवाहको कार्ड सामाजिक सञ्जालमा भाइरल भएको छ । उनीहरू प्रेममा रहेका छन् । एक अन्तर्वार्तामा आलियालाई भाइरल कार्डको बारेमा सोधिएको थियो । उनी मज्जाले हाँस्दै भनिन्– ‘म के बोलूँ, उनको यो जवाफले के बुझन सकिन्छ भने यसमा केही त कुरा सत्य पनि हाे । 

रणवीर र आलियाको विवाहको कार्डमा उनीहरूको विवाहको मिति २०२० जनवरी २२ लेखिएको छ । विवाहको स्थानसमेत लेखिएको यो कार्ड वास्तवमा भने झूटाे हो । कार्डमा आलिया र उनको पिताको नाम भने गलत लेखिएको छ । 

रणवीर र आलियाको जोडी अयान मुखर्जीको फिल्म ‘ब्रह्मास्त्र’ मा देखिने भएकाे छ । यसमा उनीहरूको साथमा अमिताभ बच्चन , डिम्पल कपाडिया, मौनी रायलगायतका कलाकारकाे अभिनय रहनेछ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर