मेरो माइक्रोफाइनान्सले बोलायो साधारणसभा, के छन् मुख्य एजेण्डा ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कात्तिक २९ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले लाभांश अनुमोदन साथै मर्जर प्रस्तावसहित साधारणसभा बोलाएको हो । 

लघुवित्तले सभामा सञ्चालक समितिबाट प्रस्तावित ३० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत लाभांश अनुमोदनका लागि लैजाने भएको छ । 

त्यस्तै लघुवित्तले अन्य संस्थाहरुसँग मर्ज वा एक्विजिशनमा जाने एजेण्डा पनि सभामा छलफलका लागि पेश गर्ने भएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर