• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

संक्रमणकालीन न्यायको विषयलाई छिटो टुङ्गाउन सत्तापक्ष र प्रतिपक्ष सहमत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीच संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा बुधबार पनि छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार समसामयिक विषय र संक्रमणकालीन न्यायसँग जोडिएको दुई आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा नेताहरुले छलफल गरेका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, कांग्रेस नेता मीनेन्द्र रिजाललगायत सहभागी थिए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी र ती दुई आयोग सम्बन्धी ऐनका बारेमा सहमति जुटाउन प्रधानमन्त्री ओलीले प्रतिपक्षीसंग छलफल गरेका हुन् ।  संक्रमणकालीन न्यायसँग जोडिएका विषयमा सामान्य छलफल भएको यसलाई निरन्तरता दिने सहमति भएको काग्रेस नेता लेखकले जानकारी दिए । संक्रमणकालीन न्यायको विषयलाई छिटो टुङ्गाउन दुवै दल सकारात्मक रहको उनले बताए ।

संक्रमणकालीन न्यायबारे गठित दुई आयोगले चार बर्षमा काम गर्न नसकेपछि सरकारले ती आयोगमा पदाधिकारी सिफारिश गर्न समिति बनाए पनि नाम सिफारिश गर्न सकेको छैन । दुई आयोगमा नाम सिफारिश गर्न सरकारले गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर