‘सुपर प्लस साइज मोडल नेपाल’ को अडिसन कार्तिक ३० गतेबाट सुरु 

काठमाडौं । ‘सुपर प्लस साइज मोडल नेपाल’ को तेश्रो सिजन राजधानीमा आयोजना हुदैछ । यो मोटी महिलाहरुको लागि लक्षित हुने कार्यक्रम हो । मोडल सङ्स नेपालले ओमानियाको प्रस्तुतीमा ‘सुपर प्लस साइज मोडल नेपाल,२०२०’ सिजन—३ आयोजना गर्न लागेको हो । 

प्रतियोगितामा १६ देखि ५५ बर्ष उमेर समूहका विवाहित तथा अविवाहित महिलाहरुले भाग लिन सक्नेछन् । ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रुपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान तोकिएको छ ।

आयोजक टिमका अनुसार काठमाडौको नयाँ बानेश्वरस्थित रोयल एलिनाज रेस्टुरेन्टमा कार्तिक ३० गते हुने छ । अडिसनमार्फत छनोट हुने प्रतिस्पर्धीहरुलाई करिब एक महिना लामो प्रशिक्षण प्रदान गरिने छ । जसमा प्रतिस्पर्धिहरुलाई नेपालका ख्यातिप्राप्त ट्रेनर, कोरियोग्राफरबाट मोडलिङसम्वन्धी ज्ञान तथा प्रशिक्षण दिइनेछ ।

यसै संस्थाले नेपालमै पहिलोपटक मोटोपना भएका युवाहरुका लागि मिस्टर प्लस साईज नेपाल आयोजना गर्दै आएको छ । मोडल नेपाल’ प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

 उत्कृष्ट तीन रनरअपहरुले विभिन्न गिफ्ट ह्याम्परहरुको साथै राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय स्तरका विभिन्न फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरुमा समावेश हुने अवसर प्राप्त गर्ने जानकारी पनि आयोजक संस्थाले दिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर