• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

चीन : फाइभ–जीका लागि ८० हजारबढी आधार स्टेसन निर्माण सम्पन्न

बेइजिङ । चीनका प्रमुख तीन टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि ८० हजारभन्दा बढी आधार स्टेसन निर्माण सम्पन्न गरेको उनीहरूले जानकारी गराएका छन् ।

चीनले यस बर्षको पहिलो तीन त्रैमासिक भित्र इन्टरनेट सेवाका लागि पाँचौँ पुस्ताको प्रविधि, फाइभ–जी सेवा सञ्चालनका लागि भौतिक संरचना निर्माणका लागि द्रुत गतिमा काम गरिरहेको छ । 

टेलिकम क्षेत्रको व्यवसायको आयतनमा जनवरीदेखि अहिलेसम्ममा गत बर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भएको चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले मङ्गलबार जानकारी गराएको तथ्याङ्कमा उल्लेख छ ।

टेलिकम कम्पनीले इन्टर्नेटको फाइभ–जी सेवा सञ्चालनका लागि चिनियाँ कम्पनीहरूले बढाएको रफ्तारसँगै चिनियाँ स्मार्ट फोन निर्माण कम्पनीहरूले पनि फाइभ–जी सेवा चल्ने मोबाइल सेटको निर्माणलाई निकै बिस्तार गरिरहेको जनाएका छन् । 

चीन सरकारले फाइभ–जी इन्टरनेट सेवाको व्यवसायिक प्रयोग गर्ने ‘ग्रीनलाइट’ जुनमा दिएसँगै टेलिफोन निर्माण कम्पनीले पनि आफ्ना उत्पादनहरूलाई आधुनिक प्रविधिमैत्री बनाएका छन् ।

सन् २०१९ को पहिला तीन त्रैमासिकमा चीनले विभिन्न १८ नमूनाका फाइभ–जी स्मार्टफोन निर्माण गरेका छन् । 

उनीहरूले अहिलेसम्म करिब सात लाख ८७ हजार फाइभ–जी मोबाइल सेट बजारमा पठाइसकेको मन्त्रालयअन्तर्गतको एक अनुसन्धानमुलक संस्थाले जानकारी गरायो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर