• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

८७ देशका नियोग प्रमुखद्वारा भारतको ‘गोल्डेन टेम्पल’ अवलोकन

अमृतसर । विभिन्न ८७ देशका वैदेशिक नियोगका प्रमुखहरूले ‘गोल्डेन टेम्पल’ को दर्शन गर्न अमृतसार पुगेको मन्दिर व्यवस्थापनले मङ्गलबार जनाएको छ ।

उनीहरूलाई गुरूनानकको ५५० औँ जन्मजयन्ती मनाउन आयोजित एक कार्यक्रममा सहभागी बन्नका लागि आमन्त्रण गरिएको थियो ।

वैदेशिक नियोग प्रमुखहरूलाई कार्यक्रमस्थल सम्म पुग्दा भारतका संघीय मन्त्री हरदीप सिंह पुरी तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष विनय सहस्रबुद्धेले साथ दिएका थिए । 

समारोहमा पुग्नेहरूमा नेपाल,मालदिभ्स,भूटान, अफगानिस्तान, श्रीलङ्का, अष्ट्रेलिया, मङ्गोलिया लगायतका कुटनीतिक प्रमुख तथा उपप्रमुखहरूसमेत पुगेका बताइएको छ । उनीहरूलाई भारतीय परम्परागत शैलीमा स्वागत गरिएको थियो ।

भ्रमणको व्यवस्था भारतीय सांस्कृतिक सम्बन्ध परिषद्, पञ्जाब राज्य सरकार र शिरोमणि गुरूद्वारा प्रबन्धक समितिले गरेका थियो ।
 
भारतको संघीय मन्त्रीपरिषद्ले गुरूनानकको ५५० औँ जन्मजयन्तीलाई स्वदेश तथा विदेशमा भब्यतासाथ मनाउने निर्णय गरेको थियो । एएनआई 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर