• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पशुपति आर्याघाटमा शव जलाउनेकाे सुविधा बढ्यो, आन्दोलन फिर्ता

काठमाडौं । पशुपति आर्यघाटमा शव जलाउने लगायतका अन्य कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति भएको छ । घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेसंगै कर्मचारीले गरेको आन्दोलन पनि फिर्ता भएको छ । उनीहरुको आन्दोलनबाट शव दाह नै रोकिनसक्ने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिचिबीच वार्ता भएको थियो । 

वार्तामा उनीहरुको सेवा सुविधा वृद्धि गर्ने सहमति भएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले समाचार दैनिकलाई जानकारी दिए । 

यसका साथै अवकास पाउँदा उपदानवाफत् पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको सदस्य सचिव ढकालले बताए । 

सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह, दाउरा ओसारपसार लगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका थिए । तर, काम भने रोकिएको थिएन । बिहानैबाट शव जलाउने लगायतका काम भने जारी थियो ।

काम ठप्प पारेर वार्तामा बस्ने उनीहरुको तयारी भए पनि कोषले त्यसो गरिए वार्ता नहुने र कर्मचारीहरुको विकल्प खोज्ने चेतावनी दिएको थियो । त्यसपछि शवदाहको काम जारी राख्दै घाट सेवा केन्द्रका कर्मचारीका प्रतिनिधिहरु वार्तामा बसेका थिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर