• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विश्वका सर्वाधिक धनाढ्यमा अमेरिकीभन्दा चिनियाँको संख्या बढी

एजेन्सी । चीनमा पहिलोपटक धनाढ्यको संख्या अमेरिकाको भन्दा बढी पुगेको छ । ‘फाइनान्सियल सर्भिसेज कम्पनी क्रेडिट सुइस’को सोमबार जारी एक रिपोर्टअनुसार, विश्वको सर्वाधिक १० प्रतिशत धनाढ्यमा चिनियाँ नागरिकको संख्या १० करोड र अमेरिकीहरूको संख्या ९.९ करोड छ ।

रिपोर्टअनुसार अमेरिकी लखपतिहरूको संख्या भने अहिले पनि सबैभन्दा अगाडि छ । अमेरिकाकामा १.८६ करोड लखपति छन् । यो विश्वभरको लखपतिहरूको ४० प्रतिशत हो । 

चीनमा लखपतिको संख्या ४४ लाख छ । अमेरिकामा लखपतिहरूको संख्यामा तीव्र वृद्धि भइरहेको रिपोर्टले देखाएको छ । ब्याजदर कम हुने र कर घटेका कारण अमेरिकीको सम्पति बढिरहेको छ । 

यद्यपि, चिनियाँको तुलनामा औसत अमेरिकी बढी धनी रहेको क्रेडिट सुइसको भनाइ छ । अमेरिकामा प्रतियुवा सम्पत्ति ४ लाख ३२ हजार ३६५ डलर छ भने चीनमा ५८ हजार ५ सय ४४ डलर छ । 

तर, यस मामिलामा चीन युरोपको तुलनामा तीव्र रफ्तारमा अघि बढीरहेको देखिन्छ । चीनमा व्यापारिक स्थितिहरू र कर्जाको स्तर चिन्ताजनक रहे पनि आगामी वर्षमा सकारात्मक संकेत देखिने रिपोर्टमा बताइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर