कञ्चनपुरमा फेला पर्यो अमेरीकी फौजी किरा, कृषि क्षेत्रमा चिन्ता

काठमाडौं । भयावह रुपमा बालि सखाप पार्ने अमेरिकी फौजी किरा कञ्चनपुर मा समेत फेला परेको छ ।

बुधवार कञ्चनपुरको माहाकाली नगरपालिका किसानहरुले आफुले लगाएको वालिमा अनौठो किरा लागेको र पुरै विरुवानै सखाप गर्न थालेको देखेपछि कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका खवर गर लगत्तै कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका वाट गएकोे एक टोलीले सो किरा फेला पारेको हो ।

कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्ट र बाली संरक्षण प्रयोगशाला सुन्दरपुरका सत्यराज जोशीको प्राबिधिक टोलीले माहाकाली नगरपालिका वडा नं। ५ का किसानहरुले लगाएको मकैमा वालिहरुको लागी घातक मानिने किरा अमेरिकी फौजी किरा रहेको पुष्ठी गरेका छन् ।

कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्टका अनुसार सवै भन्दा पहिले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, नवलपरासी , ललितपुर,लगाएतका जिल्लाका मकै र उखु खेतिमा यो किराको संक्रमण भेटिएको थियो । 

सुदुरपश्चिम क्षेत्रमा आधिकारिकरुपमा पहीलो पटक कञ्चनपुरको महाकाली नदि पारी रहेको माहाकाली नगरपालिकामा 
अमेरिकी फोजी किरा देखा परेको कृषी ज्ञान केन्द्र कार्यालयका प्रमुख भट्टले बताएका छन् । टोलीले किरा बारे थप अनुसन्धान अगाडि बढाउने बताएका छन् । पहिलो पटक देखिएको यो किराले छोटो समयमै मकै , उखु लगायतका बाली सखाप पार्ने भएकाले कृषि क्षेत्रमा चिन्ता थपिएको छ ।

कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरका प्रमुख रामचन्द्र भट्टले यो किराको माग्रेनसन अत्यधिक छिटो हुने हुदा यसलाई लाई निययन्त्रण गर्न समेत कठिन हुने भन्दै तुरुन्तै कृषी ज्ञान केन्द्र कार्यालय महेन्द्रनगरले एउटा टास्क फोर्स तयार गर्ने वारे समिति वनाउने बताउनु भएको छ ।

केहि वर्ष अघि अफ्रिकाका केहि मुलुकमा यस किराका कारण खाद्यान्न अभाव भई अनिकाल परेको विभिन्न सञ्चारमाध्यममा आएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर