• मंगलबार ८-३-२०७६/Tuesday 11-19-2019/ 07:22 pm

डोल्पामा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते 

डोल्पा । डोल्पामा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्युु भएको छ । भे ८ प ९१६५ को मोटरसाइकल दुर्घटनामा परेर २४ बर्षिय ज्ञानबहादुर बुढाको मृत्युु भएको हो ।

आज बिहान ८ बजेतिर भएको दुर्घटनामा मृतक बुढासँगै पछाडि बसेका बर्ष २४ का काजिमान बिक घाइते भएका हुन् । घाइते बिकको चिँउडि र दायाँ घुट्टमा चोट लागेपनि स्वास्थ अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारका अनुसार त्रिपुराकोटबाट दुनै जाने क्रममा त्रिपुरासुन्दरी नगरपालिका ३ मा पर्ने भित्तिमा दुर्घटना भएको हो ।दुबै जना त्रिपुराकोट बजारबाट सामान किनेर दुनैजाने क्रममा घटना घटेको बताइएको छ ।

डोल्पामा मोटरसाइकल दुर्घटना भएर ज्यान गुमाएको पहिलो घटना भएको बताउँदै तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने उनले बताए ।

मृतक बुढाको शव पोष्टमाडम गरेर परीवारले बुझिसकेको छ । बुढा र विकले सवारी अनुमतिपत्र बिना मोटरसाइकल चलाएको भन्दै मंगलबार जरिवाना गरेको प्रहरीले जनाएको छ । हालसम्म डोल्पामा सवारी दुर्घटनामा परेर १९ जनाले ज्यान गुमाइसकेकाछन् ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आश्रममा मन्त्री केसीको ४१ औं जन्मोत्सव

  • ३ मङ्सिर, २०७६

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आश्रममा जन्मदिन मनाएकी छन् । वीरेन्द्रनगर–१२ नेवारेमा रहेको मानव

पत्रकार भण्डारीलाई एक रुपैयाँ जरिवाना, एक घण्टा कैद सजाय

  • ३ मङ्सिर, २०७६

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी कारागार चलान भएका छन् । मानसखण्ड दैनिकका सम्पादक भण्डारीविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा परेको

कर्णाली : प्रेस स्वतन्त्रता विरुद्धका घटना बढ्दो, एक वर्षमा २ सय १७ पत्रकारमाथि आक्रमण

  • २ मङ्सिर, २०७६

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा प्रेस स्वतन्त्रता विरुद्धका घटनाहरु बढ्दो क्रममा रहेको पाइएको छ । फ्रिडम फोरमले गरेको अध्ययन अनुसार प्रेस