सेयर बजारमा हरियाली, लगानीकर्तामा अझै झल्किएन उत्साह

काठमाडौं । बुधबार सेयर बजार परिसुचक नेप्सेमा हरियाली छाएको छ । आज नेप्से सूचक बुधबार ७ दशमलव ७९ अंकले बढेर १ हजार १ सय ४२ दशमलव ६० बिन्दुमा बजार बन्द भएको छ ।

बजारमा सुधार देखिए पनि सेयर खरिदबिक्रीप्रति लगानीकर्ता अझै सक्रिय भएर लाग्न सकेका छैनन् । बजार निरन्तर घटेको कारण सेयर किनबेच लगानीकर्ताहरुको सहभागिता न्यून रहेको छ । जसका कारण कारोबार रकम खुम्चिएको छ । पछिल्लो साता सेयर कारोबार रकमले २० करोड रुपैयाँ नाघ्न सकेको छैन् । बुधबार नेप्सेमा १५३ कम्पनीको १६ करोड ३७ लाख ५७ हजार ८ सय ४७ रुपैयाँमा कारोबार सिमित छ । 

यसदिन नेप्सेका कारोबार भएका कुल १५३ वटा कम्पनी मध्ये ८३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ वटाको घटेको छ । जसमध्ये नेको इन्स्योरेन्सको सर्वाधिक ५ दशमलव ९८ प्रतिशतले सेयर भाउ बढेको छ भने दिव्यश्वरी हाइड्रोको सेयर भाउ सबैभन्दा बढी ५ दशमलव ३५  प्रतिशतले सेयर मुल्य घटेर प्रतिकित्ता सेयर भाउ ५३ रुपैयाँमा आइपुगेको छ । 

बुधबार अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा सम्पुर्ण सूचक तथा उपसूचक सुधार देखिएका छन् । आज जीवन बीमा कम्पनीको सुचक सर्वाधिक ४८ दशमलव २८ अंकले बढेको छ । 

यसदिन सर्वाधिक कारोबार हुने कम्पनीको पहिलो नम्बरमा प्रभु बैंक  लिमिटेड रहेको छ । बैंकको २ करोड ७२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको एक करोड ४६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर