पशु चिकित्सक तथा वैज्ञानिकहरुको अन्तराष्ट्रिय भेला पोखरामा

काठमाडौं । पशु चिकित्सक तथा वैज्ञानिकहरुको  अन्तराष्ट्रिय भेला पोखरामा हुने भएको छ ।

नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा हुन लागेको Sustainable Animal Agriculture for Developing Countries (SAADC) सातौं अन्तराष्ट्रिय सम्मेलनमा सहभागि हुन २४ देशका झण्डै ४०० पशु चिकित्सक, पशु विज्ञान र मत्स्य क्षेत्रमा संलग्न बैज्ञानिक प्राध्यापक, अनुसन्धानकर्ता, जनशक्ति, उद्यमी कृषक तथा विद्यार्थीहरुको सहभागिता हुने भएका हुन् । 

सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान, चीन, थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया, भियतनाम, सिंगापुर, जापान, ताइवान, ओमान, इजरायल, दक्षिण अफ्रिका, नाइजेरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानडा, फ्रान्स, चेक रिपब्लिका र स्पेनको सहभागिता रहने एशोसिएसनका अध्यक्ष डा सिलतकाजी श्रेष्ठले बताए । कुल सहभागिमध्ये ५० प्रतिशत अन्तराष्ट्रिय सहभागि हुने उनले जानकारी दिए । 

सम्मेलनमा मुख्यगरी साना र मध्यम स्तरका पशु पोषण र घाँसेबाली, पशु प्रजननन लगायतका विषयमा अनुसन्धानकर्ताहरुले प्रस्तुती दिने र त्यसमा छलफल हुने पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्माले जानकारी दिए । त्यस्तै सम्मेलनले जलवायु परिवर्तनले विकासशील राष्ट्रका साना किसानहरुलाई पारेको प्रभाव तथा न्यूनीकरणका उपायका सम्बन्धमा समेत छलफल हुने डा शर्माले बताए ।

सम्मेलन यही कात्तिक २२ गतेदेखि २५ गतेसम्म पोखराको होटल पोखरा ग्राण्ड, पार्दीमा हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर