• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

 रुस र टर्कीबीच कुर्द फौजलाई हटाउने सहमति

तस्विर : अलजजिरा

साकी । रूस र टर्कीले सिरियामा पछिल्ला केही हप्ता यता भएका द्वन्द्वलाई रोक्ने सम्बन्धमा बुधबार एक सहमति गरेका छन् ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका समकक्षी रेसेप तैयप एर्दोगानसँग सोकीमा भएको छलफलपछि उक्त सहमति भएको हो । सिरियाली कुर्द फौजलाई टर्कीसँग जोडिएको सिरियाको सीमावर्ती क्षेत्रबाट टाढा राख्नेगरी टर्की र रुसले नयाँ सहमति गरेका हुन् । सहमतिलाई दुवै मुलुकले ‘ऐतिहासिक’ भनेका छन् । 

क्रेमलिनले आफ्नो वेबसाइटमा एक सूचना जारी गर्दै भनेको छ, ‘सहमति बुधबार (अक्टोबर २३) दिउसो १२ बजेदेखि नै सहमति कार्यान्वयनमा आउनेछ ।’

सहमतिअनुसार मस्को र अङ्काराले रूसी तथा सिरियाली सैन्य बललाई, टर्कीले कुर्दहरूलाई निशाना गराई हालै गरिएका आक्रमणस्थल क्षेत्रमा तैनाद गर्नेछन् भने टर्कीले सिरियाली कुर्दलक्षित कारबाहीलाई रोक्नेछ । यस्तै सिरियाली कुर्दहरूलाई सिरिया–टर्कीको सिमाना क्षेत्रबाट ३० किलोमिटर टाढा राखिने छ । उनीहरूलाई यसका लागि १५० घण्टा समय दिइनेछ ।’

टर्कीले कुर्द लडाकुहरूलाई भगाउन तथा सीमावर्ती भेगमा एउटा सुरक्षित क्षेत्र बनाउन भन्दै उत्तरी सिरियामा आक्रमण गरेको थियो । रुसले सिरियाका राष्ट्रपति बशर अल–असदलाई सहयोग पु¥याउँदै आएको छ । उसले सिरियामा भएको विदेशी हस्तक्षेपप्रति चासो प्रकट गरेको थियो ।

झन्डै दुई हप्ताअघि अमेरिकाले आकस्मिक र अनपेक्षित निर्णय गर्दै आफ्नो सेना उत्तरी सिरियाबाट फिर्ता गरेपछि उत्पन्न परिस्थितिमा टर्की र रुसबीच यो सहमति भएको हो । विश्लेषकहरूले यसबाट उक्त क्षेत्रमा टर्की र रुसको प्रभावलाई बलियो बनाउने आँकलन गरेका छन् ।

उक्त सहमति भएको घोषणा भएको केही समयपछि टर्कीले सिरियामा पुनः कारबाही गर्नु नपर्ने बताएको छ । यसअघि टर्कीले कुर्द फौजलाई बाहिर जान दिन भन्दै केही दिनका लागि युद्धविराम गरेको थियो । 

टर्कीले सिरियाका दुई सहरबीच १२० किलोमिटर लामो भाग आफ्नो नियन्त्रणमा लिएको छ । त्यसलाई ‘सुरक्षित क्षेत्र’ बनाएर हाल टर्कीमा रहेका झन्डै २० लाख शरणार्थीलाई बसाउने उसको योजना छ ।

यद्यपि नयाँ सहमतिबारे कुर्द पक्षले कुनै प्रतिक्रिया जनाइसकेको छैन तर सिरियाका राष्ट्रपति असदले रुसी राष्ट्रपति पुटिनलाई धन्यवाद दिएको क्रेम्लिनले जनाएको छ । रूसका अनुसार असदले भने रुसले गरेको सहमतिप्रति पूर्ण सहयोग गर्ने प्रतिक्रिया दिइसकेका छन् । सिन्हुवा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर