• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

डेङ्गुका कारण थप एकको मृत्यु

चितवन । स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकजनाको मृत्यु भएको जनाएको छ । कार्यालयले दिएको जानकारीअनुसार चितवन मेडिकल कलेजमा उपचाररत ३१ वर्षीया एक महिलाको मृत्यु भएको हो । 

कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार लमजुङ दूधपोखरी–२ विचौर स्थायी घर भई नवलपुरको गैँडाकोट निवासी सरस्वती न्यौपानेको कात्तिक ४ गते बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

यसअघि एकजनाको डेङ्गु र एकजनाको डेङ्गु एवं स्क्रव टाइफसबाट मृत्यु भएको थियो । हालसम्म जिल्लामा ज्वरो आएका १३ हजार आठ सय ७७ जनाको डेङ्गु परीक्षण गर्दा चार हजार दुई सय ८० जनामा संक्रमण देखिएको छ । भदौको तेस्रो र अन्तिम साता महामारीको रुपमा देखा परेको डेङ्गु क्रमशः घट्दै गएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर