• आइतबार ८-१-२०७६/Sunday 11-17-2019/ 06:33 am

रेड लेडी : ४० वर्षदेखि कपाल, पहिरन तथा घरका सामान पनि रातो

बोस्निया । जोरिका रिबरनिकलाई बोस्नियाका मान्छेहरु ‘रेड लेडी’ का नामले चिन्ने गर्छन् । उनको कपाल, कपडादेखि घरका इन्टेरियरसम्म सबै रातो रङको छ । जोरिकालाई रातो रङ कति मन पर्छ भने उनी आफ्नो आसपासमा भएको सबै चीज रातो देख्न चाहन्छिन् । 

जोरिका मान्छेहरुको अन्तिम संस्कारमा पनि रातै लुगा जाने गर्छिन् । शिक्षण पेसाबाट अवकाश लिएकी ६७ वर्षीया जोरिकाका अनुसार उनी १८ वर्षकी हुँदादेखि रातो रङको पहिरन लगाउने सोख उब्जिएको र त्यसपछि लगातार उनले रातो पहिरन मात्र लगाउने गरेकी छिन् । 

बोस्नियानिवासी जोरिकाको घरका फर्निचर, प्लेट, बेडसिट तथा कोठामा राखिएका सबै सामान रातो रङका छन् । उनको कपाल पनि रातो छ । उनको घरमा रहेको पानी उमाल्ने हिटरबाहेक सबै वस्तु रातो रङका छन् । पति जोरानले अनुरोध गरेपछि उनले उनले यस्तो हिटर किनेकी हुन् जुन रातो रङको छैन ।

पछिल्लो चार दशकमा जोरिका आफ्नो यस कार्यका लागि कति चर्चित भइन् भने मान्छेहरूले उनलाई सेलेब्रिटी मान्न थाले । सहरका अधिकांश मान्छेले उनलाई चिन्छन् । साथीभाइ तथा इष्टमित्र उनको जन्मदिनमा पनि उनलाई रातो रङको गिफ्ट दिने गरेका छन् । 

जारिका भन्छिन्, ‘मलाई यो रङ कति मन भने म त्यसको बयान नै गर्न सक्दिनँ । म आफ्नो मन तथा शरीरलाई सुन्ने गर्छु । मैले आफ्नो विवाहको दिन पनि रातो कपडा नै लगाएकी थिएँ ।’ 

 

  
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

९ वर्षीय बालक इन्जिनियरिङमा स्नातक गर्दै

  • ३० कार्तिक, २०७६

ब्रसेल्स । बेल्जियममा एक ९ वर्षीय बालक स्नातकको डिग्री लिँदै छन् । लरेन्ट सिमन्स नामक यी बालक आइन्डहोवन युनिभर्सिटी अफ टेक्नोलोजी (टियुई) मा

एउटा यस्तो गाउँ, जहाँ ९७ वर्षदेखि जनसंख्या स्थिर छ

  • २७ कार्तिक, २०७६

बेतुल । जुन देशको जनसंख्या तीव्र रुपले बढिरहेको छ,, त्यही देशमा एउटा यस्तो गाउँ छ जहाँ पछिल्लो ९७ वर्षदेखि जनसंख्या उही छ । तपाईंलाई यस कुराको विश्वास

प्रहरीले पक्राउ गर्याे सातजना ‘भूत’

  • २७ कार्तिक, २०७६

बैंग्लोर । बैंग्लोरको यशवन्तपुर सडकमा भूत बनेर सर्वसाधारणलाई तर्साउने सात युवकलाई प्रहरीले पक्राउ गरेको छ । ती युवकहरुले रातिको समयमा सेतो कपडा तथा