• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

कविता : तिहार 

याद छ नी 
ति संगसंगै खेलेका दिनहरु 
ति मिठा मिठा छिनहरु 
बालापनको भोलापनमा 
हठ गर्दै लुछाचुनी गरेका 
ति सेलरोटीका स्वादहरु 

ति संगसंगै गाएका
देउसी भैलोका गीतहरु
ति सजाउँदै जगाएका  
आँगनीका दियोहरु  
पर्वको रौनकसंगै 
जब खेल्थ्यौं तासका खेलहरु 
लुकाएर तासका पत्ती
झगडा गर्दै मच्च्याएका कोलाहालहरु 
याद छ नी 
यी तिहारका मीठा छिनहरु 

तिहारको दियोसंगै 
जीवनको उजेलीको कामना गर्दै 
मखमलीको फूलमा 
दीर्घायूको प्राथना गर्दै 
सप्तरंगले निधार सजाउन
भोक भोकै बसेका छिनहरु  
आज सम्झनाको बाढी  बनी 
हृदय भरी छ्ल्किँदा 
बालापनका मीठा यादहरुसंगै 
फेरी त्यै घडी फर्काउन मन लाग्यो 
जिस्किदै र जिस्काउदै 
सताउदै र रिसाउदै 
रमाउदै मनाएको त्यो बाल्यकालको तिहार 
आज फेरी फर्काउन मन लाग्यो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर