• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बाथकाे समस्या महिलामा बढी

काठमाडाैं । राजधानीको चावहिलमा बसोबास गर्दै आएकी पुनम थपलिया बाथरोगबाट ग्रसित छन् । उनी हातखुट्टा सुन्निने, शरीर झमझम गर्ने, अत्यधिक दुखाइ जस्ता समस्याले पीडित छन् ।

उनलाई बाथरोग भएको १० वर्ष पुगिसक्यो । बाथरोगबाहेक उनलाई मधुमेहको समस्या पनि छ । उनलाई महिनामा बाथरोगको नियमित पाँच हजारभन्दा बढीको औषधि खानुपर्दा आर्थिक रूपमा समेत भार त्यत्तिकै छ ।

पुनमले गौशलास्थित बाथरोग सेन्टरमा नियमित रूपमा उपचार गराउँदै आएकी छन् । नेपालमा मात्र नभएर भारतको नयाँ दिल्लीमा समेत गएर उनले बाथरोगको उपचार गराइसकिन् । अझै उनले वार्षिक रूपमा भारतमा गएर बाथरोगको फलोअप गरिरहेकी छिन् भने बाथरोग सेन्टरमा प्रत्येक महिना फलोअपका लागि जाने क्रम जारी छ ।

त्यसैगरी कुपण्डोलकी रीता तिमल्सिनालाई पनि बाथरोगको समस्या छ । उनी पनि नियमित औषधि सेवन गर्दै आएकी छन् । बाथरोग विशेषज्ञ डा। स्वेता नकर्मीले दैनिक रूपमा ३० जनाभन्दा बढी बाथरोगीको उपचार आफूले गर्ने गरेको जानकारी दिइन् ।

बाथरोगका नयाँ बिरामी र फलोअपमा आउने बिरामीसमेत गरी दैनिक ३० देखि ५० जनालाई उपचार गर्ने गरेको जानकारी दिँदै उनले नेपालमा बाथरोगीको सङ्ख्या बढ्दै गएको बताइन् ।

उनले नेपालमा सयभन्दा बढी प्रकारका बाथ रोग पत्ता लागिसकेको जानकारी दिँदै नेपालमा भने गठिया, मांसपेशीको बाथ, हड्डी खिइने बाथले धेरैजसो सताउने गरेको बताइन् । बाथले शरीरका अङ्गहरूलाई नष्ट गर्ने भन्दै एक पटक बाथरोग लागिसकेपछि नियमित रूपमा फलोअप र औषधि सेवन गरिरहनुपर्ने उनको भनाइ छ । गाेरखापत्र दैनिकबाट ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर