• शुक्रबार ११-१६-२०७६/Friday 02-28-2020/ 08:50 pm

गौ संरक्षण केन्द्रमा सामूहिक गौ पुजन

चितवन । श्रीवागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमबाट सञ्चालित योगी नरहरिनाथ गौ संरक्षण केन्द्रको आयोजनामा सामूहिक गौ पुजन एवं भोजनालय तथा वाचनालय भवनको आज उद्घाटन गरिएको छ । 

भरतपुर महानगरपालिका–१ मा रहेको गौ संरक्षण केन्द्रमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य रीना गुरुङ्, प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेत, आश्रमका प्रमुख संरक्षक योगी शिरिष नाथ, आश्रमका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, केन्द्रका संयोजक रामप्रसाद वस्ती, पूर्वसंयोजक टङ्कनाथ पौडेललगायतले गौ संरक्षणको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो । सो अवसरमा सभापति पोखरेलले स्थानीय समाजसेवी बालगोपाल चुकेले निर्माण गर्नुभएको सचिवालय र लक्ष्मण अर्यालले निर्माण गरेको भोजनालयको उद्घाटन गरेका थिए । 

दुवै संरचना रु पाँच÷पाँच लाख खर्च गरेर निर्माण गरिएका हुन् । गौ संरक्षण केन्द्रमा स्थानीय जातका १३६ वटा गाई रहेका छन् । जुरो भएको स्थानीय गाईलाई पूजा गरे साक्षात लक्ष्मीलाई पूजा गरे सरह हुने भएकाले विभिन्न क्षेत्रबाट बिहानैदेखि पूजाआजाका लागि सर्वसाधारण आएको केन्द्रका संरक्षक निरन्जननाथ योगीले बताए । केन्द्रमा गोबद्र्धन पहाडको निर्माण गरिएको छ । सोही स्थानमा गाईको गांैतलाई वाष्फीकरण गरी खान योग्य बनाइएको गौ अर्क लिन देशका विभिन्न स्थानबाट मानिस आउने गर्दछन् । रासस

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

आफ्नो पति हुन भन्दै प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अदालतमा मुद्दा दर्ता

  • १६ फाल्गुण, २०७६

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अंश मुद्दा दायर भएको छ । दोलखाकी बालिका खड्काले राई आफ्नो पति भएको भन्दै अंश मुद्दा दायर

निस्दीको नांगो डाडाँमा हरियाली बनाएर पर्यटकीय स्थल बनाइँदै

  • १६ फाल्गुण, २०७६

पाल्पा । पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको अर्चलेमा वन माराले ढाकेको क्षेत्रमा अम्लिसो, तेजपात र टिमुरको पकेट क्षेत्र बनाउन सुरु गरिएको छ । एक वर्ष

तेलको ड्रममाथि काठमा गाडी राखेर कर्णाली तर्दा...

  • १६ फाल्गुण, २०७६

सुर्खेत । कालिकोट पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले पालिकामा गाडि पु¥याएका छन् । निकै जोखिमका वावजुत उनले पालिकामा गाडि प्रवेश गराएका