• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

भूटानी शरणार्थीको तिहार : कागलाई बेल पाक्यो हर्ष न बिष्मात झै

झापा । झापाको दमक ३ स्थित भूटानी शरणार्थी शिविर । शिविरमा रहेका छाप्रा अघिल्लतिर सयपत्री र मखमली ढकमक्कै फुलेका छन् । तिहारको झल्कै यिनै फुलले मात्र दिन्छ यहा आश्रित धेरै शरणार्थीलाई । नेपथ्यमा देउसी भैलो गुञ्जिरहेको सुनिन्छ ।

त्यहि नेपथ्यमा गुञ्जिएको देउसी भैलोको आवाज सुनेर गहभरी आशु पार्दै बसेका थिए शिबिरकै सेक्टर बी फोर हट नं ८३ मा बस्दै आएका बलबहादुर राई । भूटानको साम्ची जिल्लाबाट लखेटिएका उनी नेपाल आएदेखीनै आफ्नो निधारमा सप्तरङ्गी टिका नलाएको बताउछन् । एक मात्रै बहिनी त्यो पनि भुटानमै छुटिन, त्यसैले उनले टिका लाउन नपाएको २ दशक बढी भयो । 

शरणार्थी शिबिरमा बस्दै आएकाहरु मध्ये धेरैको पीडा बलबहादुरकै जस्तो छ । सबैतिर तिहारको रौनक छ । घर, बजार अनि हरेक गाउँ शहरमा तिहारको माहोलले झिलिमिली बनाएको छ । देउँसी भैलोका भाकाले गाउँघर गुञ्जाईरँहदा झापाको दमक स्थित बेलडाँगी शिविरमा भने यस्तो कुनै रौनक छैन । पूनर्वासका कारण चेली र माईतिको बिछोड भएको छ । जसले गर्दा शिविरमा तिहारको कुनै उत्साह छैन । 

शिविरका हरेक छाप्राको अगाडी सयपत्री, मखमली लगायतका अन्य फूलहरु ढकमक्क फूलेका छन् । तर यी फूलहरुले कहिल्यै माईतकिो गलासम्म माला बनेर बस्न पाएका छैनन् । 
बेलडाँगी  स्थित सेक्टर सि वान छाप्रा नं १ सय ३६ की  देवी माया गुरुङको निधार १० वर्ष देखी खाली छ । पूनर्वासका कारण उनका ४ जना दाजु भाई कोहि अमेरिका छन् त कोहि अष्ट्रेलिया । त्यसैले दाजुभाईको सम्झानामा छाप्रामा फूलेका फूलहरु हेरेर नै चित्त बुझाउछिन् उनीपनि । 

 

शिविरमै रहेकी ६३ बर्षिय तुलसीमाया दूलालले चाडपर्ब नमनाएको बर्षौ भयो । कोहि आफन्त भुटानमै छुटे, कोहि नेपाल आएर तेश्रो देश पुनर्बास भए । उनी र उनको परिवार चाँहि शिविरमै छन् । यमपञ्चकको समयमा शिविरको छाप्रोमा भेटिएकी दुलाल भन्छिन्, “एउटा दाइ भुटानमै थिए, उनी पनि १२ वर्ष अघि बिते, भेटै नभए पनि माईती छन् भन्ने थियो, ति बिते पछि सकियो । चाडपर्व आउँदा रमाईलो होईन, झनै न्याश्रोपना बढ्छ ।” 

चाडपर्व शुरु भए पछि सवै भन्दा बढि सताउने यो शिबिरमा बृद्धबृद्धालाई हो । भुटानमा आफ्नै पौरखले आर्जेको सम्पत्ती समेत छोडेर शिविरमा आएर कष्टकर जीवन बिताउनु पर्दा उनीहरुलाई सधैं पिरोल्ने गर्दछ । यस्तै अनुभूती छ ८१ वर्षिया जवरमायाँ राईकोपनि । भुटान साम्चीमा आफ्नो सबथोक थियो जति रमाईलो गर्नु चाड मनाउनु ति सवै भुटानमै छोडेर आएको उनी दुखेसो पोख्छिन् । 

आफ्नै देश फर्केपछि मात्र टिका आउछौं — भूटानी शरणार्थी
दमकस्थित बेलडाँगीमा रहेको भूटानी शरणाथीृ शिबिरमा आश्रीत शरणार्थीहरु सबैले बिछोडका कारण मात्र तिहारमा टिका नलागाएका भने हैनन् । यहि शिबिर बिगत ३० वर्ष देखी बस्दै आएका हर्क बहादुर सुब्बा ३२ वर्ष देखी  दँशै तिहार जस्ता कुनै पनि पर्व नमनाएको बताउछन् । आफूहरु जव आफ्नो देश भुटान फर्कन पाइन्छ त्यहि दिन दँशै तिहार जस्ता पर्वहरु आफ्नै ठाउँमा मनाउने उनी बताउछन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर