विदेशबाट फर्केर ‘फूल’ खेती

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिगौरामा व्यावसायिक रुपमा सयपत्री फूलको व्यावसायिक रुपमा खेती गर्न थालिएको छ । अन्य स्थानमा पनि व्यावसायिक रुपमा नभए पनि फूलको खेती गर्न थालिएको छ । झिंग्रौरा निवासी लोकेन्द्र रोकामगरले व्यावसायिकरुपमा सयपत्री फूलखेती गरेका हुन् । शुरुका केही वर्ष तिहारको लागि मात्र उनले फूलखेती गरेका थिए ।

अहिले पछिल्लो समयमा आएर व्यावसायिकरुपमा नै अगाडि बढेको उनको भनाइ छ ।  उनले जलजला पुष्पखेती फार्म दर्ता गरेर सयपत्रीको व्यावसायिक रुपमा खेती शुरु गरेका छन् । अहिले १२ कट्टा जग्गा भाँडामा लिएर खेती गरेका उनले  वार्षिक रु ४८ हजार भाँडा तिर्ने गरेको बताए । आउँदो वर्ष १८ कट्टामा फूलखेती उनको भनाइ रहेको छ ।
 
रोजगारीको सिलसिलामा सात वर्ष कतारमा विताएका रोकामगरले जिल्लामा दशैँतिहारलगायतका पर्व एवं अन्य शुभ कार्यका लागि फूलको माग देखे पछि फूलखेती गर्ने थालेको बताए । “दाङमा व्यावसायिकरुपमा फूलखेती कतै थिएन, काठमाडौँतिर फूलखेती पनि व्यावसायिकरुपमा गरेको देखेको थिए अनि यहाँ मैले गरेको हुँ”, रोकाले भने । अहिले उनले भारतको कोलकत्ताबाट अफ्रिकन मेरिगोल्ड जातको सयपत्री फूलको बीउ ल्याएर व्यावसायिक खेती गरेका छन । 

घोराही बजार नजिकै फूलखेती गरे पछि आफूलाई बजारको लागि कुनै पनि समस्या नभएको रोकाले बताए । “दैनिकजसो फूलको अडर आउने गरेको छ छ”, उत्पादन गरेको फूल कहाँ लिएर बिक्री गरौँ भन्ने समस्या छैन”, रोकाले भने । आफूले उत्पादन गरेको फूल जिल्लामा नै सकिने गरेको उनको भनाइ रहेको छ । जिल्लाका घोराही, तुलसीपुर, लमही, भालुवाङका शहरबाट समेत फूल लिन आउने गरेका छन् । “काठमाडौँबाट फूलको माग भए पनि फूल पठाउन सकिएको छैन”, रोकाले भने । मागअनुसार जिल्लामा फूल उत्पादन हुन नसकेको उनको भनाइ छ । अहिले उनले एक वटा मालालाई रु १०० मा बिक्री गर्ने गरेको बताए  । 

पहिले तिहारका लागि मात्रै सयपत्री फूल उत्पादन गर्ने गरे पनि लोकेन्द्रले यस वर्षदेखि बाह्रै महीना फूल उत्पादन गर्ने बताए । 

गत वर्ष उनले गरेको फूलखेतीबाट रु एक लाख नाफा गर्न सफल भएको बताए । आफूसँगै परिवार तथा अन्य तीनजनालाई समेत रोजगार प्रदान गरेको उनको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर