• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

भीम रावलको लगातार तीन ट्वीट : एनजिओको अभियानलाई राष्ट्रपतिले घोषणा गर्न मिल्छ ? 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले शनिबार लगातार तीन ट्वीट गरी राष्ट्रिय पोषण अभियान घोषणामा राष्ट्रपति र राष्ट्रपति कार्यालय संलग्न भएको भन्दै आपत्ति जनाएका छन् । 

उनले पहिलो ट्वीटमा लेखेका छन्–‘नेका सांसद विनोद चौधरीको फाउण्डेशन र योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेद्वारा संचालित तथा विल गेट्स फाउण्डेशनको रकम प्राप्त  गैरसरकारी संस्थालाई कैमेल चिण्डा लगायतका विदेशीको उपस्थितिमा राष्ट्रिय पोषण अभियन्ता राष्ट्रपति कार्यालयबाट राष्ट्रपतिले घोषणा गर्नुभएको छ । क्रमश’

नेकां सांसद विनोद चौधरीको फाउण्डेशन र योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेद्वारा संचालित तथा विल गेट्स फाउण्डेशनको रकम प्राप्त गैरसरकारी संस्थालाई कैमेल चिण्डा लगायतका विदेशीको उपस्थितिमा राष्ट्रिय पोषण अभियन्ता राष्ट्रपति कार्यालयबाट राष्ट्रपतिले घोषणा गर्नुभएको छ।क्रमश

— Bhim Rawal (@BhimRawal179) November 2, 2019

त्यसपछिको ट्वीटमा ‘नीजि विदेशी पैसाबाट संचालित गैससलाई राष्ट्रपति कार्यालयबाट राष्ट्रिय पोषण अभियानको अभियन्ता घोषणा गराउन प्रमं कार्यालय, परराष्ट्र मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय मध्ये कसले निर्णय गरेको होला ? यस्तो काममा अन्यत्र कतै संवैधानिक राष्ट्रपतिको संस्था संलग्न हुन्छ कि ? भनि प्रश्न गरेका छन् । 

दोस्रो ट्वीटमा उनले लेखेका छन्–‘नीजि विदेशी पैसाबाट संचालित गैससलाई राष्ट्रपति कार्यालयबाट राष्ट्रिय पोषण अभियानको अभियन्ता घोषणा गराउन प्रमं कार्यालय, परराष्ट्र मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय मध्ये कसले निर्णय गरेको होला ? यस्तो काममा अन्यत्र कतै संवैधानिक राष्ट्रपतिको संस्था संलग्न हुन्छ कि ? क्रमश..’

नीजि विदेशी पैसाबाट संचालित गैससलाई राष्ट्रपति कार्यालयबाट राष्ट्रिय पोषण अभियानको अभियन्ता घोषणा गराउन प्रमं कार्यालय, परराष्ट्र मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय मध्ये कसले निर्णय गरेको होला? यस्तो काममा अन्यत्र कतै संवैधानिक राष्ट्रपतिको संस्था संलग्न हुन्छ कि? क्रमश..

— Bhim Rawal (@BhimRawal179) November 2, 2019

एक घन्टामा गरेको तेस्रो ट्वीटमा उनले– ‘विदेशी पैसाबाट सञ्चालित गैससलाई राष्ट्रपति जस्तो राष्ट्रिय स्वाभिमानको प्रतीक र मर्यादित स्थानबाट एउटा राष्ट्रिय अभियानको अभियन्ता घोषणा गर्ने कार्य संविधानको कुन नीति अन्तर्गत पर्छ ?’ भनी प्रश्न गरेका छन् । तेस्रो ट्वीटमा लेखेका छन्–‘विदेशी पैसाबाट संचालित गैससलाई राष्ट्रपति जस्तो राष्ट्रिय स्वाभिमानको प्रतिक र मर्यादित् स्थानबाट एउटा राष्ट्रिय अभियानको अभियन्ता घोषणा गर्ने कार्य संविधानको कुन नीति अन्तर्गत पर्छ ? यो कुनै रंगको कूटनीति÷परराष्ट्र नीति हो या दलाल पूँजिपति संरक्षण नीति ?’

विदेशी पैसाबाट संचालित गैससलाई राष्ट्रपति जस्तो राष्ट्रिय स्वाभिमानको प्रतिक र मर्यादित् स्थानबाट एउटा राष्ट्रिय अभियानको अभियन्ता घोषणा गर्ने कार्य संविधानको कुन नीति अन्तर्गत पर्छ? यो कुनै रंगको कूटनीति/परराष्ट्र नीति हो या दलाल पूँजिपति संरक्षण नीति ?

— Bhim Rawal (@BhimRawal179) November 2, 2019

कुपोषण र गरिबीका विरुद्धमा राष्ट्रिय अभियान राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सुरुवात गरकी हुन् । कुपोषण विरुद्धको अभियानलाई सञ्चालनका लागि बलियो नेपाल नामको संस्था गठन गरिएको छ । उद्योगपति विनोद चौधरीको सक्रियतामा सुरु भएको अभियानको अध्यक्षमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर