कृष्णनगर घटनाका दोषी शाह पक्राउ

बुटवल । कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले उनको निवासबाट पक्राउ गरेको छ । शाहलाई शनिबार दिउँसो पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । 

प्रहरी प्रमुख दीप शमशेर जबराका अनुसार उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालिनेछ । जमालमाथि लक्ष्मीपुजाको मूर्ति विर्सजन यात्रामा विवाद निकालेर झडपको अवस्था निम्त्याएको आरोप छ । जमाल शाहलाई पक्राउ गरी कारवाही गर्न कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहले गृहमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएका थिए ।

बुधबार लक्ष्मीपूजाको मूर्ति बिसर्जनर्‍यालीलाई प्रहरीले मुस्लिम वाहुल्य वस्तीबाट नलैजान आग्रह गरेको विषयलाई लिएर भएको विवादले उग्ररुप लिंदा कृष्णनगरमा कफ्र्यु लगाइएको थियो । कफ्र्युकै क्रममा भएको झडपमा कृष्णनगरमा व्यवसाय गर्दै आएका २० वर्षीय सुरजकुमार पाण्डेको गोली लागेर मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर