• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

आइएसका नयाँ नेता अल कुरैसीलाई इजिप्ट र बंगलादेशका आतंककारी संगठनको समर्थन

बेरुत । इजिप्ट र बंगलादेशका आतंककारी संगठनले इस्लामिक स्टेट (आइएस) का नयाँ नेताको समर्थन गरेका छन् । आइएसको मिडिया शाखाले शनिबार यस कुराको जानकारी दिएको छ । आइएसका नेता अब बकर अल बगदादीले अमेरिकी सेनाको कारबाहीका क्रममा बम विस्टोट गराएर आत्महत्या गरेपछि कुरैसी नयाँ नेता चयन भएका हुन् । 

आइएसको निजी समाचार संस्थाले केही तस्बिर सार्वजनिक गरेको छ जसमा बंगलादेशबाट आएका आतंककारी र इजिप्टका आतंककारी संगठन सिनाइका सदस्य आइएसको झन्डामुनि उभिएर नयाँ नेता अबु इब्राहिम अल हासम अल कुरैशीप्रति निष्ठाप्रति कसम खाइरहेको देखिन्छ । उनीहरुको अनुहार भने ढाकिएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर