जनयुद्धका सहीदको संझनामा गोरखामा सभा

गोरखा । तत्कालिन माओवादीले संचालन गरेको ससस्त्र जनयुद्धका बेला मध्य नेपालको गोरखाबाट सहीद तथा वेपत्ता हुनेहरुको संख्या अत्याधिक थियो । जनयुद्धमा गोरखाले पश्चिम नेपालका रोल्पा, रुकुम जस्तैगरि योगदान गरेको जनयुद्धकालिन माओवादीहरु बताउछन् । 

त्यसरी गोगदान गर्ने क्रममा सहीद भएका गोरखाका क्षेत्र बहादुर महत ‘आकाश’को सम्झनामा गोरखाको जफदी र आँपपिपलमा सभा हुन लागेको हो । जफदीमा हुने सभालाई नेकपा संगठन विभागका सदस्य तथा गोरखाका प्रतिनिधिसभा सदस्य हरी अधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ । 

सहीद आकाशसंगै आश कुमार तमु, सुजिता त्रिगत्री ‘चेतना’ र विमला भट्ट ‘सरु’ले पनि सो स्थानमा जनयुद्धका बेला ज्यान गुमाएका थिए । सहीद आकाशको जन्म २०२२ साल मंसिर ५ गते बुबा देवीबहादुर महत र आमा मीना कुमारी महतबाट भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर