मुख्यमन्त्रीले सान्त्वना दिँदै भने ‘नहटाउन सुझाव दिएको थिएँ तर निर्णय भएछ’

विराटनगर । पदमुक्त हुनुभएका प्रदेश प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङसँग प्रदेश सरकारका मुख्यमन्त्री शेरधनराईले सोमबार बिदाई भेट गरेका छन् । सोमबार मध्यान्ह मुख्यमन्त्री राई, प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारी र उपसभामुख सरस्वती पोखरेल लगायतले भेट गरी कार्यरत अवधिमा सुखद् सहकाय भएको भन्दै प्रसंसा गरेका थिए । 

भेटका अवसरमा मुख्यमन्त्री राईले प्रदेश प्रमुखलाई मायाको चिनो करुवा प्रदान गरेका थिए । त्यस क्रममा उनले सरकार र प्रदेश प्रमुखबीच सौहाद्र्धपूर्ण सम्वन्ध रहेकोले पदमुक्त नगर्दा हुने भन्ने सुझाव दिएको स्मरण गरेका थिए । उनले झण्डै २० महिनाको अवधिमा भएको सहकार्यको प्रशंशा गर्नुभएको प्रदेश प्रमुखका प्रेस संयोजक शेखर रेग्मीले जानकारी दिए ।

निवर्तमान प्रदेश प्रमुख तुम्बाहाङ्गले पदमुक्त हुने निर्णयलाई आफुले स्वभाविक र सहजरुपमा लिएको प्रतिकृया दिएका थिए । ‘हामी तीन महिनाकालागि भनेर आएका थियौं,’ तुम्बाहाङ्गले भने ‘पहिले नै पदमुक्त हुने अनुमान भएपनि यतिका दिन बसेर काम गर्ने अबसर प्राप्त गरेकोमा सन्तुष्ट नै छौं ।’ 

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर