• बिहीबार ८-५-२०७६/Thursday 11-21-2019/ 02:35 am

पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्र

दैलेख । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायत क्षेत्रमा अन्वेषणको काम तीव्र पारिएको छ । चीनको अन्वेषण टोली तथा अन्य कामदारका लागि यहाँ क्याम्प निर्माण गरिएको छ । 

डुगेश्वर गाउँपालिका–१ चुप्राबजार नजीक क्याम्प निर्माण भएसँगै सामान ल्याउने क्रम अघि बढेको छ । पहिलो चरणमा सर्वेको काम हुनेछ । सदरमुकाममा सर्वेका लागि कार्यालय स्थापना गरिएको छ । अन्वेषणपछि कुन कुन भूभागमा के कती परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने कुराको टुङ्गो लाग्ने छ । अन्वेषण कार्य सञ्चालनका लागि त्रिवेणी ओभरसिज प्रालिले विभिन्न पदका लागि आवश्यक जनशक्तिको सूचना प्रकाशन गरेको छ । “जिल्लाकै बासिन्दालाई काममा प्राथमिकता दिइने छ”, प्रालिका सूर्यमणि लामिछानेले भने । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उद्घाटन गरेपछि पेट्रोलियम पदार्थ अन्वेषणको काम अघि बढेको हो । 

पेट्रोलियम पदार्थ भेटिए जिल्लाको मात्र नभई कर्णाली प्रदेश र सिङ्गो नेपालकै लागि महत्वपूर्ण उपलब्धि हुने सांसद रवीन्द्र शर्मा बताउँछन् । उद्योग वाणिज्य संघका महासचिव राजेश हमालले अन्वेषणको काममा सघाउन सबै उद्योगी व्यापारी, सर्वसाधारणलगायतलाई सहयोग गर्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

विराटनगरका चोकहरुमा चार आकाशे पुल बन्ने पक्का

  • ४ मङ्सिर, २०७६

विराटनगर । विराटनगरको प्रमुख तीन चोकमा आकाशे पुल बन्ने भएको छ । महानगरपालिकाले आकाशे पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तथा ग्राफिक डिजाइन

सुदूरपश्चिम प्रदेश : प्रदेशसभा सञ्चालन हुन सकेन

  • ४ मङ्सिर, २०७६

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको तीन महिना पुगे पनि प्रदेशसभा सञ्चालन हुन सकेको छैन । गत भदौ १ गते बर्खे अधिवेशन समापनसँगै स्थगित

आश्रममा मन्त्री केसीको ४१ औं जन्मोत्सव

  • ३ मङ्सिर, २०७६

सुर्खेत । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आश्रममा जन्मदिन मनाएकी छन् । वीरेन्द्रनगर–१२ नेवारेमा रहेको मानव