• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

शुक्रबार सार्वजनिक बिदा

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले शुक्रबार सार्बजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

नगरपालिकाद्वारा जारी बिज्ञप्तीमा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएका उल्लेख छ ।  रुरु–रेसुङ्गालाई नेपाल सरकारले देशका प्रमुख पर्यटकीय गन्तव्यहरुमा समावेश गरेको छ । 

रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको र आध्यत्मिक महत्व रहेको जनश्रुति छ ।

यस क्षेत्रमा धार्मिक र सांस्कृतिक महत्वका स्थलहरु पनि रहेका छन् । धागीथुम, रामकुण्ड, सिद्धस्थान, अर्जुनडाँडा, महापोखरी, यज्ञशाला, गौशाला, साउने शिवालय, जस्ता धार्मिक स्थलहरु यसै संरक्षित वनक्षेत्र भित्र पर्छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर