प्रदेश पाँच : प्राइभेट फर्म दर्तामा महिला, दलित, अपागंलाई ५० प्रतिशत छुट

सुचना तथा सञ्चार प्रतिष्ठानमा बाँस्कोटा 

बुटवल । प्रदेश पाँच सरकारले प्रदेशमा प्राइभेट फर्म दर्ताका लागि नियमावली स्वीकृत गरेको छ । प्राइभेट फर्म दर्ता नियमावली २०७६ मा फर्म दर्तामा महिला, दलित तथा अपाङलाई ५० प्रतिशत छुटको ब्यवस्था गरिएको छ । 

प्रदेश सरकारले फर्म दर्ता गर्दा ५ लाख सम्मका लागि एक हजार,  ५ लाख देखि २० लाख सम्मका लागि ५ हजार, २० लाख देखि ५० लाख सम्मका लागि १५ हजार र ५० लाख भन्दा माथि २५ हजार दर्ता शुल्क तय गरिएको छ । सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीका अनुसार महिला, दलित र अपागंलाई सहुलियत दिने ब्यवस्था गरिएको छ । 

सुचना तथा सञ्चार प्रतिष्ठानमा बाँस्कोटा 
प्रदेश पाँच सरकारले प्रदेशको सुचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको कार्यकारी निर्देशकमा अनुप कुमार बाँस्कोटालाई नियुक्त गरेको छ । धनुषा घर भइ हाल काठमाण्डौं नया वानेश्वर बस्ने बास्कोटालाई मन्त्रीपरिषद बैठकले  नियुक्त गर्ने निर्णय गरेको हो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर