फेसबुकको नयाँ लोगो सार्वजनिक, तपाईंलाई कस्तो लाग्यो ?
एजेन्सी । विश्वको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले नयाँ लोगो सार्वजनिक गरेको छ । यसको नयाँ लोगोमा अंग्रेजी फेसबुक शब्दका सबै अक्षरहरु ‘क्यापिटल लेटर’ (अक्षर)मा छन् ।
यस नयाँमा फेसबुक शब्दलाई ‘गिफ’ अर्थात् छोटो भिडियो बनाइएको छ । जसमा, अक्षरहरु नीलो, हरियो र सुन्तला–गुलाबी रंगमा परिवर्तन हुन्छ । नीलो रंग फेसबूकका लागि, हरियो रंग ह्वाट्यापका लागि र गुलावी रंग इन्स्टाग्रामका लागि हो ।
यद्यपि, फेसबुले आफ्नो नयाँ लोगोलाई यसको प्रमुख वेब र एपमा भने प्रयोगमा ल्याइसकेको छैन । नयाँ लोगोलाई ह्वाट्सयाप र इन्स्टाग्रामको प्यारेन्ट कम्पनी जनाउनका लागि प्रयोग गरिने फेसबुले जनाएको छ ।
प्रतिकृया दिनुहोस